श्याम तामाङ ,तामाङपेज
काठमाडौ,नेपाल ।
मोरङ । मिक्लाजुङ गाउँपालिका -४ संगमचोकमा किराँत याक्थुङ चुम्लुङ इजरायलका पुर्व अध्यक्ष ,सामाजिक अभियन्ता एबम आर्थिक सहयोग व्यवस्थापक प्रमुख नयन इमसोङ र किराँत याक्थुङ चुम्लुङ इजरायल विशेष आर्थिक सहयोग ,अन्य सहयोगी दाताहरुको स्वैच्छिक आर्थिक सहयोगको लागतमा सिरिजङ्ग निसामहिम (याक्थुङ भाषा पठनपाठनका लागि जनताद्वारा निर्माण गरिएको ) भाषिक विद्यालय भवन भब्य समारोहकाबीच समुदघाटन हुने भएको छ ।
सामाजिक अभियन्ता इजरायलमा वैदेशिक रोजगारको सिलसिलामा रहनु भएका नयन इमसोङकोमात्र करिब /करिब ब्यक्तिगत पाँच लाखभन्दा बढी आर्थिक सहयोग प्रदान गरिएको , कियाचु इजरायलको नेतृत्वमा सहकार्यमा १८ लाखभन्दा बढी आर्थिक सहयोग सङकलन गरिएको र अन्य सहयोगी दाता,स्थानिय बासिन्दाको जनश्रमदान गर्दा तिसौ लाख भन्दा बढी खर्च लगानी गरेर मुलुकमा नै आदिवासी जनजातिहरुमा पहिलो सुविधासम्पन्न मातृभाषा याक्थुङ भाषिक विद्यालयको भवन निर्माण गर्न सफल भएका छन् ।
सो विद्यालयको भवन उदघाटन जेष्ठ ३२ गते बिहान १० बजे मोरङ मिक्लाजुङ गाउँपालिकास्थित संगमचोकमा हुने समुदघाटन समारोहमा उपस्थितिको लागि आयोजकले सरोकारवाला सबैलाई अनुरोध समेत गरेको छ ।