श्याम ङेसुर तामाङ,तामाङपेज,काठमाडौं ।
काभ्रे । तामाङ ग्योइथेन ग्योइकाइदा छार्ना लाइ,तामाङ ब्रीखेन गिक तासी ब्राइ भन्ने मुल नाराकासाथ तामाङ डाजाङको आयोजनामा रोशी गाउँपालिकाको सहयोगमा सोमबार र मंगलबार आयोजित दुई दिने तामाङ साहित्यिक यात्रा (तामाङ ग्योइ काइ ल्हाम-२०७६ मंगलबार भब्यताकासाथ काभ्रेको रोशी गाउँपालिकामा सम्पन्न भएको छ ।
तामाङ डाजाङकी अध्यक्ष सन्चु ब्लोनकानुसार सो साहित्यिक यात्राको समापन समारोहमा जापानका लागि पुर्व राजदुत डा.गणेश योन्जन,डा.मुक्तसिंह थोकर ,तामाङ लोकसम्राट चन्द्रकुमार मोक्तान,रोशी गाउँपालिका अध्यक्ष डि.बि.मोक्तान ,चालीस जना भन्दा बढी कवि,कवियत्री,पत्रकार ,लेखक,गायक,गायिकाहरु,स्थानिय जनप्रतिनिधिहरु,सर्जकहरुको उत्साहजनक सहभागिता रहेको बताएकी छिन् ।
तामाङ डाजाङले साहित्यिक यात्रा प्रत्येक वर्ष तामाङ वस्ती वस्तिमा गर्दै आएको छ ।