महाङकाल गाउँपालिका विद्यालय स्तरिय प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न


तामाङपेज संवाददाता ।

ललितपुर । राष्ट्रका लागि खेलकुद,स्वास्थ्यका लागि खेलकुद ,सबैका लागि खेलकुद भन्ने मुलनाराकासाथ आइतबारदेखि महाङकाल गाउँपालिका गोटिखेलस्थित श्री महाङकाल माविको प्राङ्गणमा शुरु भएको महाङकाल गाउँपालिका विद्यालय स्तरिय प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता महाङकाल गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत ओमप्रसाद पाण्डेको प्रमुख आतिथ्यमा बुधबार सम्पन्न भएको छ ।

महाङकाल गाउँपालिका शिक्षा शाखा प्रमुख सुरेन्द्ररमण पुरिकानुसार सट-पुट छात्रा,छात्र, छात्र भलिबल ,८ सय मिटर दौड छात्रा ,१५ सय मिटर दौड छात्र ,हाइजम्प ,लङ्ग जम्पमा पुरस्कृत हुन सफल विद्यार्थीहरुलाई गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत पाण्डेले बधाई सहित शिल्ड,प्रमाणपत्र प्रदान गर्नु भएको बताएका छन् ।

प्रतियोगिताको समापन समारोहमा महाङकाल गाउँपालिका वडा न.३,४ र ५ वडाका वडाअध्यक्षहरु क्रमश : गङगाराम तिमल्सिना ,शान्ताप्रसाद गौतम,खोमप्रसाद दहाल,राष्ट्रिय अनुसन्धान विभागका निरिक्षक सुरेन्द्र ढकाल,टुङ्गुन इलाका प्रहरी कार्यालय प्रमुख रामबालक ठाकुर ,स्थानिय विभिन्न कार्यालयका प्रमुखहरु,विद्यालयका प्र.अ.शिक्षक,शिक्षिका,विद्यार्थीहरु,निर्णायक मण्डलहरु,वडाका जनप्रतिनिधिहरु र स्थानिय सरोकारवालाहरुको व्यापक सहभागिता रहेको थियो ।

 

 

प्रकाशित: समय: 15:11:03  1675पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार