श्री महाकालीदेवी माविको अध्यक्षमा सुशील खड्का,पदाधिकारी निर्विरोध निर्वाचित


तामाङपेज संवाददाता ।

ललितपुर । वाग्मती -३ भट्टेडाडामा रहेको श्री महाकालीदेवी माविको आइतबार वडाअध्यक्ष विष्णुप्रसाद तिमल्सिनाको प्रमुख आतिथ्यमा सम्पन्न अभिभावक भेलाले विद्यालय व्यवस्थापन समिति निर्विरोध चयन गरेको छ ।

विद्यालयका प्र.अ.राजु बजगाईकानुसार विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सुशील खड्का सदस्यहरु नवराज खड्का,केबलप्रसाद तिमल्सिना,जीपेन्द्र सापकोटा,कविता घिमिरे,सदस्य सचिवमा विद्यालयका प्र.अ.राजु बजगाईलाई निर्विरोध चयन गरेका छन् ।

शिशुदेखि कक्षा १२ सम्म अध्यापन हुँदै आएको विद्यालयमा २ सय जना विद्यार्थीहरु रहेको छ ।

सो अभिभावक भेलामा अभिभावक,शिक्षक,शिक्षिका,कर्मचारी,वडाका जनप्रतिनिधि ,कार्यबहाक वडा सचिव राजु थापा लगायतका महानुभावहरु उपस्थित रहेका थिए ।

प्रकाशित: समय: 12:33:46  615पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार