श्री चण्डेश्वरी मावि सिम्लेको अध्यक्षमा सानुकान्छा जिम्बा निर्वाचित


तामाङपेज संवाददाता ।

ललितपुर । वाग्मती -४ प्युटार,सिम्लेस्थित श्री चण्डेश्वरी माविको मंगलबार बसेेेको अभिभावक  भेलाले विद्यालय व्यवस्थापन

 

 

 

 

 

समिति छनोट गरेको छ । विद्यालयका प्र.अ.दुधराज जिम्बा तामाङकानुसार अध्यक्ष सानुकान्छा जिम्बा,सदस्यहरु मंगल सिंह ब्लोन ,राममाया थिङ,मंगलीमाया जिम्बा,राममाया थिङ,फुलमाया जिम्बा,श्यामलाल जिम्बा र सदस्य सचिव दुधराज जिम्बा तामाङ रहेको श्री चण्डेश्वरी मावि ,विद्यालय व्यवस्थापन समिति निर्विरोध चयन गरेका छन् ।

त्यस्तैगरी पुर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु ज्ञानबहादुर ब्लोन,बज्रबहादुर ब्लोन ,काजीमान ब्लोन तामाङलाई आमन्त्रित सदस्यमा मनोनित गरेको जनाईएको छ । ललितपुरको प्युटार सिम्ले,गढीभन्ज्याङ र मकवानपुरको इपापन्चकन्याका शिशुदेखि कक्षा १० सम्मका तामाङ विद्यार्थीहरु १ सय १ जना मात्र अध्ययन गर्ने सो विद्यालयमा १४ जना शिक्षक,शिक्षिका,कर्मचारी रहेका छन् ।

 

 

 

 

 

प्रकाशित: समय: 12:13:38  466पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार