श्याम तामाङ,तामाङपेज।
काठमाडौ । नेपाल आदिवासी जनजाति महासङ्घको नेतृत्वमा मंगलबार लोकसेवा आयोगले जेष्ठ १५ गते सङ्घिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ५ सय १५ वटा स्थानिय तहमा बढुवाको लागि छुट्याईएको पद बाहेक लोकसेवा आयोगले ९ हजार १ सय ६१ पदका लागि खुल्लाईएको जनशक्ति आवस्यकता नेपालको संविधान र समाबेशी मूल्य मान्यता विपरित रहेको भन्दै माईतिघर मण्डलामा बृहत् धर्ना कार्यक्रमको आयोजना गरेको छ ।
बृहत् धर्नामा नेपाल आदिवासी जनजाति महासङ्घका सङ्घिय अध्यक्ष जगतबहादुर बराम लगायतका नेताहरुले लोकसेवा आयोगले निकालेको विज्ञापनको कागज जलाएर तत्काल सो विज्ञापन खारेज गरेर प्रचलित नेपालको संविधान ,समाबेशी सिद्धान्त अनुसार विज्ञापन खुल्नु पर्ने बताएका छन् ।
बृहत् भेलाले गुठी विधेयक पनि जनताको हितमा नभएकाले फिर्ता लिनु पर्ने आदिवासी जनजाति ,महिला,दलित,मुस्लिम ,अल्पसंख्यक जातजातिको माग रहेको हिमालयन शेर्पा सास्कृतिक केन्द्रका केन्द्रीय अध्यक्ष छिरिङ शेर्पाले बताउनु भएको छ ।
मंगलबार माईतिघर मण्डलामा आदिवासी जनजाति सङ्घ संस्थाहरु ,दलित,महिला,अल्पसंख्यक ,अपाङ्गता भएका ,मुस्लिम समुदायका अगुवाहरु,अभियन्ताहरु,अग्रज नेताहरु,बुद्धिजिवि ,पत्रकार ,विविध तपतहका नेतृत्वहरु लोकसेवा आयोगले निकालेको विज्ञापनको विरुद्ध आयोजित बृहत् धर्ना कार्यक्रममा सहभागी भएका थिए ।
लोकसेवा आयोगको उक्त कदमको चौतर्फी विरोध सहित संसदको राज्य व्यवस्था समितिले समेत विरोध गरेको छ ।
लोकसेवा आयोगले निकालेको विज्ञापनमा करिब ७० हजारको सङ्ख्यामा आवेदन परेकोमा आयोगको रेकर्ड अनुसार ६६ हजार ७ सय ९४ जनाले आवेदन दिएकोमा समाबेशी समूह अन्तर्गत महिला १६ हजार ४ सय ६९,आदिवासी जनजाति ७ हजार ९ सय ८२,मधेसी ३ हजार ८ सय ४७ ,दलित ५ सय ६ ,पिछडिएका वर्गमा १९,अपाङ्गता तर्फ ३८ जनाले आवेदन दिएको लोकसेवा आयोगले जनाएको छ ।