धरानमा डेङ्गु रोगले महामारी रुप लियो,धरानवासी चिन्तित

धरान उपमहानगरपालिका वडा न.८ र १५ वडा संकटग्रस्त वडा घोषणा गरिएको कार्यबहाक नगर प्रमुख मण्जु भण्डारी सुवेदीले जनाएकी छिन् ।

श्याम तामाङ,तामाङपेज

सुनसरी जिल्ला , धरान उपमहानगर वडा न.८ र १५ वडाका केही वासिन्दाहरुमा लामखुट्टेको टोकाइबाट केहीलाई डेङ्गु रोगको लक्षण देखिएपछि यत्तिखेर धरानवासी चिन्तित छन् ।

 धरान उपमहानगरपालिकाकी कार्यबाहक नगर प्रमुख मन्जु भण्डारी सुवेदीले उपमहानगरको औपचारिक बैठक बोलाएर  डेङ्गु ज्वरोको विरामी भेटिएको ,नियन्त्रण बाहिर गएकाले उपमहानगरको वडा न.८ र १५ वडालाई डेङ्गु संकटग्रस्त वडा घोषणा गरेको बताएकी छिन् ।

धरानमा डेङ्गु रोग भेटिएपछी धरान उपमहानगरपालिका,नेपाल रेडक्रस सोसाइटी ,वी.पी.कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान,रोटरी क्लब अफ धरान लगायत स्थानिय सङ्घ संस्था ,महिला समुहरुले डेङ्गु रोगको नियन्त्रणको लागि घर वरपर पानी जम्न नदिने ,पानी राख्नु परेमा पुरै पानी छोपेर राख्नुपर्ने,सम्भव भएसम्म आफ्नो घर,वरपर प्रत्येक दिन किटनासक औंषधी स्प्रे छर्ने जस्ता जस्ता चेतनामुलक कार्यको साथमा लक्ष्मी टोल,भानुमार्ग धरानका दिदिबहिनी र दाजुभाइहरुको बैठक बसि घर – घरमा गैइ निरिक्षण गरि लामखुट्टेको लार्भा र प्युपा नष्ट गरि डेङ्गु रोगको प्रतिरोधात्मक औंषधी छर्किने कार्य भैइ रहेको धरानबाट स्थानीय महिला सामाजिक अभियन्ता शान्ति तामाङले तामाङपेजसङ्गको सम्पर्कमा बताउनु भएको छ ।

केही दिन देखि धरानमा फैलिएको डेङ्गु रोगकाकारण धरानवासी चिन्तित छन् ,स्थानिय ,प्रदेश ,सङ्घिय सरकार र सरोकारवाला निकायले रोगको नियन्त्रणको तत्काल विशेष पहल गर्नुपर्ने धरानवासीले माग गरेका छन् ।

 

 

 

 

 

 

 

प्रकाशित: समय: 13:39:31  840पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार