नेपाल कम्युनिष्ट पार्टी नेकपाको विशङखुनारायण वडा समिति गठन

समितिको अध्यक्ष पुष्कर गिरी र सचिवमा रामचन्द्र पुरी लगायत २३ सदस्यीय समिति सर्वसहमत चयन गरिएको छ ।

तामाङपेज संवाददाता ।

ललितपुर । तत्कालिन नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्रका स्थानिय नेता,कार्यकर्ता शुभचिन्तकहरुको मंगलबार गोदावरी -२ बिशङखुनारायणमा बसेको भेलाले नेपाल कम्युनिष्ट पार्टी नेकपा गोदावरी-२ बिशङखुनारायण वडा समितिको अध्यक्ष पुष्कर गिरी र सचिवमा रामचन्द्र पुरी सहित २३ सदस्यीय समिति छनोट गरेको छ ।

 

बृहत् भेलाले नेपाल कम्युनिष्ट पार्टी नेकपा गोदावरी -२ बिशङखुनारायण वडा समितिको अध्यक्ष पुष्कर गिरी,सचिव रामचन्द्र पुरी सदस्यहरु क्रमश : रमेश बिष्ट ,हरिकृष्ण थापामगर,रमेश सिलवाल ,शेखर गिरी,वसन्त सिलवाल,बाबुकृष्ण बिष्ट,बिशम्बर सिलवाल,बालबहादुर बिष्ट ,गङगा सिलवाल,इन्द्रबहादुर खत्री,विनोद सिलवाल,रमा बराल,नातिबाबु तामाङ,राजाराम सिलवाल,गोकुल बिष्ट,बुद्धिराज तामाङ,सुमन विश्वकर्मा,खिलराज तामाङ,श्यामकृष्ण दुताराज,बालकृष्ण बस्नेत र प्रेम तामाङलाई सर्व सहमत चयन गरेका छन् ।

 

 

सम्भवत ललितपुर जिल्लामा सर्वसहमत स्थानिय निकायमा नेपाल कम्युनिष्ट पार्टी नेकपाको वडा समिति गठन विशङखुनारायण नै पहिलो हुन सक्छ ,अब नेकपाका नेताहरुले एकिकरणको नाममा स्थानिय समितिलाई मजबुत बनाउनु पर्ने भेलामा उपस्थित स्थानिय नेता,कार्यकर्ता र शुभ चिन्तकहरुले नेतृत्वप्रति गुनासो गरेको समेत जनाएको छ ।

प्रकाशित: समय: 11:36:36  1239पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार