शताब्दी पुरुष संस्कृतिविद सत्यमोहन जोशीको प्रमुख आतिथ्यमा इन्टरनेशनल इन्डीपिन्डेण्ड फिल्म फेस्टिबल हुने

भोलि जेष्ठ २९ र ३० गते राष्ट्रिय सभा गृह,काठमाडौमा हुने फेस्टीबलका संयोजक विगेन्द्रसिंह वाइवाले जनाएका छन् ।

श्याम ङेसुर तामाङ,तामाङपेज ।

काठमाडौ । तामाङ आवाज र सेलो फाउन्डेसनको आयोजनामा काठमाडौ महानगरपालिका,बुढानिलकण्ठ,टोखा नगरपालिका,काभ्रेस्थित मण्डनदेउपुर ,नमोबुद्ध ,धुलिखेल,बनेपा,पनौति नगरपालिका,खानिखोला,महाभारत,तेमाल र रोशि गाउँपालिका लगायतको सहकार्यमा राजधानिको राष्ट्रिय सभा गृह ,काठमाडौमा शताब्दी पुरुष संस्कृतिविद सत्यमोहन जोशीको प्रमुख आतिथ्यमा तामाङ इन्टरनेशनल इन्डीपीन्डेण्ड फिल्म फेस्टीबलको समुदघाटन हुने भएको छ ।

 

फिल्म फेस्टीबलका संयोजक विगेन्द्रसिंह वाइवा तामाङकानुसार तामाङ जनजीवन सम्बन्धि छोटो चलचित्र तथा वृत्तचित्रहरु १८ वटा देखाइने ,तामाङ थाङका तथा मुर्तिकला प्रदर्शनी ,भिजुयल पोयट्री,विभिन्न झाकी तथा सास्कृतिक कार्यक्रम,मौलिक खाना,भेषभुषा,परम्परागत खेल तथा पुस्तक सामग्री प्रदर्शन गर्ने भएका छन् ।

 

उदघाटनको पहिलो दिन उदघाटन,फिल्मको प्रदर्शन ,सामुहिक छलफल र दोश्रो दिन फिल्मको प्रदर्शन,सामुहिक छलफल ,उत्कृष्ट फिल्मलाई जुरि पुरस्कार ,प्रमाणपत्र प्रदान गरि जेष्ठ २९ र ३० गतेको दुई दिने फिल्म फेस्टीबलको समापन हुने कार्यक्रम रहेको संयोजक वाइवाले बताउनु भएको छ ।

 

दुई दिने फिल्म फेस्टीबलमा जेष्ठ २९ गते मधुराजा दिनको १ बजे डकुमेन्ट्री ,दिनको २ बजे छ्योपोङ चलचित्र र जेष्ठ ३० गते धुर्सा चलचित्र १ बजे,ताउसुर नाम्साला म्हाने जात्रा डकुमेन्ट्री २ बजे  र सिसा गासा चलचित्र ४ बजे प्रदर्शन हुने भएका छन् ।

विभिन्न जातजातिका चलचित्र र वृत्तचित्र गरि १८ वटा प्रदर्शन हुने भएको छ ।

 

प्रकाशित: समय: 8:12:54  902पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार