रानिवनमा बाटो तथा ढल निर्माण कार्य हुदै


तामाङपेज संवाददाता ।

काठमाडौ । नागार्जुन -१ रानिवनमा गठित तिनधारा बाटो निर्माण उपभोक्ता समितिको सक्रियतामा बाटो तथा ढल निर्माण कार्य तिब्ररुपमा भैइ रहेको छ ।

 

 

 

अनुगमनमा खटिएका वडाका जुजुन लामाका अनुसार नागार्जुन नगरपालिकाको रु.१४ लाख १६ हजार ६ सय पाँच रुपैयाँ ४४ पैशा र स्थानिय उपभोक्ताबाट जनश्रम लगायत रु.१४ लाख १६ हजार ६ सय पाँच रुपैयाँ ४४ पैशा गरि कुल रु.२९ लाख ३३ हजार २ सय १० रुपैयाँ ८८ पैशाको लागतमा निर्माण सम्पन्न हुन लागेको बताउनु हुँदै निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिएका छन् ।

 

तिनधारा बाटो निर्माण उपभोक्ता समितिको अध्यक्ष बुद्धिराज थापा मगर,उपाध्यक्ष पदम श्रेष्ठ ,सचिव रामकुमार लामा,कोषाध्यक्ष रिता श्रेष्ठ ,संयोजक सोनाम गुरुङ ,वडा अनुगमन जुजुन लामा र अन्य उपभोक्ताहरु सम्मिलित समितिले काम गरि रहेको स्थानिय वासिन्दाले बताइएको छ ।

 

 

प्रकाशित: समय: 5:25:37  748पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार