मिस तामाङ प्रदेश नं. १ हुने


उर्लाबारी । तामाङ जातिको भाषा, कला र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले मिस तामाङ प्रदेश नं. १ हुने भएको छ ।
नेपाल तामाङ घेदुङ संघ उर्लाबारी नगर समितिको आयोजनामा उक्त प्रतियोगिता हुने भएको हो । शुक्रबार मोरङको उर्लाबारीमा पत्रकार सम्मेलन गर्दै आयोजकले प्रतियोगिताका बारेमा जानकारी गराएको छ । प्रदेश नं. १ का १४ वटै जिल्लाका ३० जना युवतीहरु छनौट गरी बन्द प्रशिक्षणमा राखिने कार्यक्रम संयोजक रविन लामाले जानकारी दिए । इलाममा असार १२ गते, असार १६ गते विर्तामोड, असार २० गते धनकुटा, असार २५ गते तहररा र २८ गते उर्लाबारीमा अडिशन हुने उनले बताए ।

त्यस्तै, गाइघाटमा पनि अडिशन गरिने जनाइएको छ । उक्त अडिनबाट छनौट भएका युवतीहरुको क्षमता विकास, तामाङ जातिको भाषा, कला र संस्कृति, फेशनलगायतका बारेमा प्रशिक्षण दिइने छ । प्रतियोगिताका विजेतालाई स्कुटरसहित आकर्षक पुरस्कार प्रदान गरिने घेदुङका नगर अध्यक्ष राजु लामाले जानकारी दिए । उनका अनुसार फस्ट रनअरपले १ लाख र सेकेन्ड रनअरपले ५० हजार प्रदानसहित आकर्षक पुरस्कार पाउने छन् । फाइनल राउण्ड धनकुटाको हिले भदौ २५ गते हुने आयोजकका सचिब राजकुमार योञ्जनले जानकारी दिए । प्रतियोगिता सम्पन्न गर्न २१ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।

प्रकाशित: समय: 4:20:53  388पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार