लोकसेवा आयोगको विरुद्ध नेपाल आदिवासी जनजाति महासङ्घले आज ३ बजे माइतिघर मण्डलामा धर्ना कार्यक्रम गर्ने


तामाङपेज संवाददाता ।

काठमाडौ । नेपाल आदिवासी जनजाति महासङ्घले लोकसेवा आयोगले नेपालको संविधान विपरित स्थानिय तहमा आवस्यक कर्मचारी पदपूर्ति गर्न निकालिएको दरखास्त आव्हानको फिर्ता गराउन धर्ना कार्यक्रमको आयोजना गर्ने भएको छ ।

 

नेपाल आदिवासी जनजाति महासङ्घका सङ्घिय अध्यक्ष जगतबहादुर बरामले आज दिनको ३ बजे राजधानीमा रहनु भएका आदिवासी जनजाति सङ्घ संस्थाका पदाधिकारीहरु,आदिवासी जनजाति ,महिला,मधेसी ,दलित,अपाङ्गता भएका ब्यक्ति ,मुस्लिम ,पछाडि परेका क्षेत्रका दाजुभाई तथा दिदिबहिनिहरुलाई लोकसेवा आयोगले गरेको संविधान विपरित कार्यलाई फिर्ता गराउन हुने धर्ना कार्यक्रममा उपस्थितिको लागि सबैमा हार्दिक अनुरोध गरेका छन् ।

 

लोकसेवा आयोगले जेष्ठ १५ गते कर्मचारी आवस्यकता सम्बन्धि खुल्ला गरिएको सार्वजनिक दरखास्त विज्ञापनको सर्वत्र विरोध भैइ रहेको छ।

 

 

प्रकाशित: समय: 4:01:54  594पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार