प्युटारस्थित श्री कालिदेवि माविको अध्यक्षमा सुनबहादुर लामा निर्विरोध निर्वाचित


तामाङपेज संवाददाता।

ललितपुर । वाग्मती गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चनको प्रमुख आतिथ्यमा सोमबार वाग्मती -४ प्युटारस्थित श्री कालिदेवि माविको सोमबार सम्पन्न अभिभावक भेलाले सुनबहादुर लामा लगायतलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्ष तथा पदाधिकारीहरुमा निर्विरोध गठन गरेको छ ।

श्री कालि देवि माविका प्र.अ.ठाकुर लामाले अभिभावक भेलाले विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सुनबहादुर लामा, सदस्यहरु प्रेमबहादुर गोले,विमला सिलवाल,राममाया ग्लान,विष्णुलाल स्याङतान ,पदेन सदस्य वाग्मती -४ प्युटार वडाअध्यक्ष नारायणबहादुर घले र सदस्य सचिवमा प्र.अ.ठाकुर लामालाई निर्विरोध चयन गरेको बताएका छन् ।

प्र.अ.लामाले यस शैक्षिक सत्रदेखि कृषि प्राविधिक शिक्षा तर्फको कक्षा संचालन गर्दा सुरुमा २६ जना विद्यार्थीहरु रहेको जानकारी दिनु भएको छ ।

ललितपुरको प्युटार,माल्टा,इकुडोल,आश्राङ,गिम्दी र मकवानपुरको मन्थली ,ठिङगन ,इपा पन्चकन्या लगायतका स्थानबाट विद्यार्थीहरु अध्ययनको लागि आउने गरेको हाल शिशुदेखि  कक्षा १२ सम्म ३ सय भन्दा बढी विद्यार्थी रहेको ,कुल शिक्षक ,शिक्षिका र अन्य गरि २५ जना कर्मचारी रहेको प्र.अ.ठाकुर लामाले बताएका छन् ।

 

प्रकाशित: समय: 3:29:56  796पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार