संखुमा शिक्षक केशव घिमिरेको भव्य बिधाई

कोन्ज्योसोम -२ संखुका वडाध्यक्ष ध्रुव घिमिरे,श्री मगर गाउँमाविका प्र.अ.फुलध्वज लामा,श्री सरस्वती माविका प्र.अ.अर्जुन घिमिरे लगायतले खादा,माला र अबिर लगाई बिधाई गरेका छन् ।

तामाङपेज संवाददाता।

ललितपुर।

 महाङकाल गाउँपालिका -१ बुखेलका स्थायी बासिन्दा भै कोन्ज्योसोम-२ संखुस्थित श्री मगर गाउँ माविमा निरन्तर १० वर्षदेखि शिक्षण गर्दै आउनु भएका शिक्षक केशव घिमिरेलाई वडा कार्यालय ,विद्यालय परिवारका शिक्षक,शिक्षिका र विद्यार्थीहरुले सरुवा भै अन्यत्र विद्यालय जानुपर्ने भएकोले खादा,फुलमाला,अबिर लगााई भब्य रुपमा बिधाई समेेेत गरेका छन् ।

औंपचारिक रुपमा कोन्ज्योसोम-२ संखुका वडाअध्यक्ष ध्रुव घिमिरे,श्री मगर गाउँ माविका प्र.अ. फुलध्वज लामा,शिक्षक ,शिक्षिका ,विद्यार्थीहरु,श्री सरस्वती माविका प्र.अ.अर्जुन घिमिरे लगायतले खादा,फुलमाला र अबिरले शिक्षक केशव घिमिरेलाई लगाई बिधाई  गर्नु भएको छ ।

वडाअध्यक्ष घिमिरे,मगर गाउँ माविका प्र.अ.लामाले एक दशकसम्म श्री मगर गाउँ माविमा शिक्षण गर्नु भएकोमा शिक्षक घिमिरेको शिक्षण शैली,मिजासिलोपन,व्यवहारिक पक्षहरुलाई सम्झदै आभार तथा धन्यबाद ब्यक्त गरेका थिए ।

वडा कार्यालय,विद्यालय परिवार ,सहपाठी मित्रहरु,विद्यार्थीहरुले गर्नु भएको बिधाईको सम्मानप्रती शिक्षक केशव घिमिरेले आभार ब्यक्त गर्नु भएको थियो ।

शिक्षक घिमिरेको श्री मगर गाउँ मावि संखुबाट ललितपुरको ठैवस्थित श्री फुलचोकी माविमा सरुवा भएको छ । शिक्षक घिमिरे निम्न माध्यमिक तहको अङ्ग्रेजी विषयको शिक्षक समेत हुनुहुन्छ ।

प्रकाशित: समय: 16:21:37  1004पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार