तामाङपेज संवाददाता ।
ललितपुर।
दलचोकी भ्यु टावर निर्माण उपभोक्ता समितिको आयोजनामा सोमबार कोन्ज्योसोम गाउँपालिका-३ दलचोकीमा प्रदेश सभा साम्सद चेतनाथ संजेलको प्रमुख आतिथ्यमा कोन्ज्योसोम गाउँपालिका अध्यक्ष गोपिलाल सिंतान र उपाध्यक्ष मिङमा लामाको विशेष आतिथ्यमा पुजापाठ गरि सामुहिक रुपमा दलचोकी भ्यु टावरको शिलान्यास गर्नु भएको छ ।
शिलान्यास गर्नहुँदै प्रमुख अतिथि एबम साम्सद संजेलले उपत्यकाको नजिकमा पर्ने दलचोकी भ्यु टावर निर्माणको लागि प्रदेश सरकारबाट बजेट उपलब्ध गराई ,यस भेगका जनताको आर्थिक स्तर उठाउन आन्तरिक तथा बाह्य पर्यटनको गन्तब्य दलचोकीलाई बनाउन आफु लागि पर्ने बताउनु भयो ।
विशेष अतिथि एबम कोन्ज्योसोम गाउँपालिका अध्यक्ष गोपिलाल सिंतानले कोन्ज्योसोम गाउँपालिकामा कोन्ज्योसोमको त्रिमुर्तीको पहिलो शिलान्यासपछि ,यो दलचोकी भ्यु टावरको शिलान्यास गाउँपालिकाको दोश्रो महत्वाकांक्षी योजना भएको बताउनु हुँदै यस्ता योजनाहरु सफल पार्न सबैले साथ दिनुपर्नेमा जोड दिदै गाउँपालिकाले आ.व.०७५/०७६ को बजेटमा दलचोकी भ्यु टावरको लागि रु.३२ लाख छुट्याइएको जानकारी गराएका छन् ।
दक्षिण ललितपुरमा सम्भावना बोकेको ठाउँ दलचोकीलाई आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्यस्थल बनाउन सकेमा यस क्षेत्रका वासिन्दाको आर्थिक अवस्था मजबुत हुने देखिन्छ ।
दलचोकी भ्यु टावर शिलान्यास समारोहमा कोन्ज्योसोम गाउँपालिका उपाध्यक्ष मिङमा लामा,कोन्ज्योसोम गाउँपालिका वडा न.१,३ र ४ न. वडाका वडाअध्यक्षहरु क्रमश : सन्तलाल ग्याबा लामा,तिलक बम्जन लामा,तीर्थ लामा , वडाका निर्वाचित वडा सदस्यहरु,स्थानिय वासिन्दाहरुको सहभागिता रहेका थिए ।
शिलान्यास समारोह दलचोकी भ्यु टावर निर्माण उपभोक्ता समितिका अध्यक्ष राजन घिमिरेको सभाअध्यक्षतामा सम्पन्न भएको थियो ।