तामाङपेज संवाददाता।
ओखलढुंगा ।
नेपाल तामाङ घेदुङ जिल्ला कार्य समिति ओखलढुंगाले जिल्ला स्तरिय भेलाको आयोजना आइतबार सम्पन्न गरेको छ ।
घेदुङका ओखलढुंगा जिल्ला अध्यक्ष सुबास मोक्तानका अनुसार भेलाले जिल्लाभित्रका नगरपालिका र गाउँपालिकाको नेपाल तामाङ घेदुङको संयोजकहरुको जिम्मेवारी प्रदान गरिएको जनाउनुहुदै नेपाल तामाङ घेदुङ सिद्धिचरण नगरपालिका संयोजक सिङ्गापुर प्रहरीका पुर्व उच्च अधिकृत,समाजसेवी एकराज तामाङ ,चिसङखुगढी संयोजक कुसङ तामाङ,खिजिदेम्बा संयोजक विजय तामाङ,मानेभन्ज्याङ संयोजक विष्णु तामाङ,सुनकोशी गाउँपलिका संयोजक नवीन तामाङलाई चयन गरिएको जनाएका छन् ।