उपराष्ट्रपति नन्दकिशोर पुनले नेपाली सेनाका (अ.प्रा.)उपरथि विजय मोक्तानद्वारा लिखित पुरातनवादले छेकेको उज्यालो पुस्तक लोकार्पण


तामाङपेज,संवाददाता।

काठमाडौ ।नेपाल सरकारका उपराष्ट्रपति नन्दकिशोर पुनले नेपाली सेनाका उपरथि (अ.प्रा.) विजय मोक्तानद्वारा लिखित पुरातनवादले छेकेको उज्यालो नामक पुस्तकको बहादुर भवन,काठमाडौमा आइतबार एक भब्य समारोहकाबीच लोकार्पण गर्नु भएको छ ।

पुस्तक लोकार्पण समारोहमा बौद्धधर्म गुरु आचार्य कमल मोक्तान,युवा नेता शुरेश आलेमगर,नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ,वरिष्ठ पाइलट डिके बुद्धिष्ट,जापानका लागि पुर्व राजदुत डा.गणेश योन्जन,नेपाल राष्ट्रिय तामाङ घेदुङका केन्द्रीय अध्यक्ष वीरबहादुर योन्जन लगायत विशिष्ट व्यक्तित्वहरुको उत्साहजनक सहभागिता रहेको थियो ।

धेरै वर्ष अघिदेखि अध्ययन,अनुसन्धान गर्नुभएर नेपाली सेनामा समेत लामो समयसम्म कार्यरत रहनु भै अवकाशप्राप्त नेपाली सेनाका मेजर जर्णेल (उपरथि) लेखक विजय मोक्तानले लेख्नु भएको यस पुस्तक खोजमुलक,अनुसन्धानमुलक कृति रहेको पत्रकार ,बौद्ध बिद्धान ध्यानबहादुर मोक्तान तामाङले जानकारी गराउनु भएको छ ।

पुस्तक लोकार्पण समारोहमा विशिष्ट,लब्ध प्रतिष्ठित ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

 

 

 

 

प्रकाशित: समय: 9:36:00  873पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार