सभामुख कृष्णबहादुर महराको प्रमुख आतिथ्यमा प्रतिष्ठानद्वारा आयोजित विविध कार्यक्रम सम्पन्न


श्याम तामाङ,तामाङपेज  ।

काठमाडौ ।शेरा स्मृति स्वास्थ्य शिक्षा प्रतिष्ठान ,विदुर-३ नुवाकोटले आईतबार स्कुल अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजीको सभा हल ,बालाजु ,काठमाडौमा राम्री तामाङको तेश्रो वार्षिकी र स्वास्थ्य सचेतना तथा सम्मान कार्यक्रम प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराको प्रमुख आतिथ्यमा र  प्रतिनिधि सभाका साम्सद एबम पुर्व युवा तथा खेलकुद मन्त्री हितबहादुर तामाङको विशेष आतिथ्यमा सम्पन्न एक भब्य समारोहकाबीच गरेको छ ।

प्रतिष्ठानले स्वास्थ्य तथा विविध क्षेत्रमा योगदान पुर्याउनु भएका चिकित्सक तथा खेलाडीहरु तेक्वान्दो खेलाडी संगिना वैद्य,रेस्लर कमल तामाङ(नुवाकोटे टाइगर),रसियन अल स्पोर्टस हाम्किदो च्याम्पियन सीपमा कास्य पदक विजेता प्रदीप थापालाई सम्मान पत्र,जनही नगद पुरस्कार रु.१० हजार १ सय रुपैयाँ र विभिन्न ब्यक्तित्वहरुलाई सभामुख महराले सम्मान गर्नु भएको थियो ।

प्रतिष्ठानका अध्यक्ष ,प्रदेश न.३ प्रदेश सभाका उपसभामुख एबम पुर्व कृषि विकास राज्य मन्त्री राधिका तामाङको सभा अध्यक्षतामा सम्पन्न समारोह,प्रदेश न.३ प्रदेश सभाका उपसभामुख तामाङको दिवङ्गत बुबा र मुमाको सम्झानामा स्थापित प्रतिष्ठानले स्वास्थ्य,शिक्षा क्षेत्रमा विविध कार्य गर्दै योगदान दिदै आएको आफुले आफुलाई जन्म दिने बुबा ,मुमाको सपनालाई पूरा गर्न प्रतिष्ठानको स्थापना गरेको बताउनु भएको छ ।

प्रतिष्ठानले आयोजना गरेको उक्त कार्यक्रममा विभिन्न मन्त्रालयका उच्च कर्मचारी ,शिवपुरी गाउँपालिका अध्यक्ष रामकृष्ण थापा,निर्वाचित जनप्रतिनिधिहरु,राजनितिक दलका नेताहरु,प्रतिष्ठानका पदाधिकारीहरु ,स्थानिय वासिन्दाहरुको व्यापक सहभागिता रहेको थियो ।

 

 

 

 

 

 

 

 

 

 

प्रकाशित: समय: 6:06:06  674पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार