दक्षिण कोरियामा ए मेरो हजुर नेपाली चलचित्र प्रदर्शन ,प्रदर्शनबाट बचेको रकम काभ्रेकी मृगौला पीडित मीना तामाङलाई सहयोग गर्ने

तामाङ समाज ख्याङसाङ नाम्दो बुसान ,दक्षिण कोरियाका महासचिव सोम योन्जन तामाङले बताएका छन् ।

श्याम ङेसुर तामाङ ,तामाङपेज ।

नेपाली कथानक चलचित्र ए मेरो हजुर-३ को तामाङ समाज ख्याङसाङ नाम्दो बुसान दक्षिण कोरियाको आयोजनामा काभ्रे जिल्ला ,रोशि गाउँपालिका -३ की दुबै मृगौला फेल भएर आर्थिक अभाबकाकारण उपचारमा कठिनाई भएकी मीना तामाङलाई उपचारमा सहयोग मिलोस भन्ने उद्धेश्यले आईतवार चलचित्रको प्रदर्शन भएको छ ।

चलचित्रका सह निर्माता सरोज सुब्बाले चलचित्रको प्रदर्शनमा व्यापक दक्षिण कोरियामा रहनु भएका नेपाली दाजुभाइ तथा दिदिबहिनिहरुको उत्साहजनक सहभागिताले नेपाली चलचित्रको निर्माण गर्न थप बल मिलेको बताउदै समाजबाट केही महिना अघि किम्हे सिष्टर हुडले आयोजना गरेको एकल नृत्य प्रतियोगितामा तामाङ समाज ख्याङसाङ नाम्दो समाजको तर्फबाट प्रतिनिधित्व भएर प्रथम स्थान पुग्न सफल जुलिफा तामाङ ,प्रतिस्पर्धामा पाचौं स्थान हासिल गर्न सफल भएकी छ्वेसाङ लामालाई खादा,सम्मान पत्र समेत प्रदान गर्नु भएको थियो ।

 

तामाङ समाज ख्याङ साङ नाम्दो बुसान दक्षिण कोरियाका महासचिव सोम योन्जनले ए मेरो हजुर -३ चलचित्रको प्रदर्शनमा व्यापक दर्शकहरुको सहभागिता रहेको र काभ्रे रोशी गाउँपालिकाकी दुबै मृगौला पीडित मीना तामाङको लागि चलचित्रको प्रदर्शनीको खर्च कटाएर बाकी रहेको रकम केही दिन पछि पठाउने जानकारी दिएका छन् ।

 

 

 

प्रकाशित: समय: 5:11:15  553पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार