नवलपरासी नवलपुरमा पाँच दिने सफ्टवेयर संचालन सम्बन्धि तालिम शुरु


तामाङपेज संवाददाता ।

नवलपरासी । गैडाकोट-५ नवलपुरमा हेफर इन्टरनेशनल नेपालको आर्थिक सहयोग ,सहमति अध्ययन केन्द्रको आयोजनामा पाँच दिने सफ्टवेयर संचालन तालिम आइतबारदेखि शुरु भएको छ ।

 

आयोजक संस्थाकानुसार ग्रामिण महिला सहकारीहरुको क्षमता अभिवृद्धि परियोजना अन्तर्गत संचालित तालिम बिहिबार समापन हुनेछ ।

तालिममा चितवन,नुवाकोट,नवलपरासी ,धादिङ,अर्घाखाँचीका महिला सामाजिक उद्यमि सहकारी संस्थाबाट १५ जना र साझेदारी ५ वटा संस्थाबाट १२ जना गरि कुल २७ जना प्रशिक्षार्थीहरुलाई प्रशिक्षक रत्न सापकोटाले प्रशिक्षण दिनुहुने भएको छ ।

तालिमको उदघाटन सत्रमा संस्थाका अध्यक्ष होमनाथ सुवेदीको सभाअध्यक्षतामा तालिमको संचालन परियोजना संयोजक विजय सुवेदी र स्वागत मन्तब्य वेदप्रसाद पौडेलले गरेका थिए ।

प्रकाशित: समय: 3:44:12  425पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार