इटहरीका मेयर द्वारिकलाल चौधरीले गरे प्रेस विज्ञप्ति जारी

प्रेस जगतलाई पर्न गएको चोटप्रति दुख ब्यक्त गर्दै आवेगमा बोलेको भनाइ फिर्ता लियो

तामाङपेज संवाददाता ।

इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले आइतबार प्रेस विज्ञप्ति जारी गरेको छ ।

प्रेस विज्ञप्ति जारी गर्दै मेयर चौधरीले गत २०७६ जेष्ठ २१ गते इटहरीका एक जना पत्रकारले फेशबुकमा कम्मेण्टको विषयलाई लिएर मलाई आक्रोसपूर्ण फोन गरेपछि भएका संवादको क्रमहरुमा आवेगजन्य परिस्थितिकाकारण मेरो ब्यक्त भनाईबाट उहाँ र संचार जगतमा पर्न गएको चोटप्रति दुख ब्यक्त गर्दै,विचार फिर्ता लिन चाहन्छु भनेर आइतबार जारी प्रेस विज्ञप्तिमा उल्लेख गर्दै इटहरी उपममहानगरपालिका प्रेस स्वतन्त्रप्रति प्रतिवद्ध,संबैधानिक हकप्रति प्रतिबद्ध रहने छ ।

 

इटहरीको विकासको लागि ,भ्रष्टचारलाई शुन्यमा झार्ने यात्रामा साथ दिन इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले हस्ताक्षर गरि प्रेस विज्ञप्तिमार्फत सबैमा सार्वजनिक अनुरोध गरेका छन् ।

प्रकाशित: समय: 18:15:26  798पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार