![](https://www.tamangpage.com/wp-content/uploads/2019/06/IMG_20190609_181757-628x450.jpg)
तामाङपेज संवाददाता ।
ललितपुर ।महाङकाल -२ मानिखेल ,मानेचौरमा रहेको ऎतिहासिक प्राचिन बौद्ध धर्म सम्बन्धि पृष्ठभूमि बोकेको करिव ९ सय १२ वर्ष पुरानो म्हाने लोप हुने अवस्थामा पुगेको छ ।
मानिखेल मानेचौरमा रहेको यो म्हाने विशेष त तामाङ जातिमा रहेका बम्जन थरका तामाङसङ्ग पनि म्हाने जोडिएको छ ,यो म्हाने ब्यक्तिको नाममा निर्माण भएको होकि बुद्ध धर्ममा देउताको नाममा बनेको हो त्यस्मा भने एकिन छैन ।
यो म्हानेको स्थापनासङ्गै मानिखेल,गोटिखेल,बुखेल र गोटिखेलको हालको महाङकाल कलेज ,माविको नाम पनि जोडिएको महाङकाल-१ बुखेलका पुर्व प्रधानपन्च,खरिडाडा बौद्ध गुम्बाका प्रमुख लस्मा बौद्धधर्म गुरु जेष्ठ नागरिक कृष्णमान बम्जन लामा भन्नु हुन्छ ।
लामाकानुसार यो तामाङ जातिको मात्र नभै सिङ्गो दक्षिण ललितपुर र उपत्यकाकै प्राचिन सभ्यतासङ्ग जोडिएकाले नेपाल सरकारले म्हानेको संरक्षणमा विशेष जोड दिनुपर्ने बताउनु भयो ।
म्हाने संरक्षण र सम्बर्द्धनको लागि स्थानिय वासिन्दाको सर सल्लाह मुताबिक महाङकाल गाउँपालिकाले सहयोग गर्ने गाउँपालिका अध्यक्ष रामचन्द्र दहालले जानकारी गराएका छन् ।
स्थानिय युवा एबम श्री मानिखेल आधारभुत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष संजय बम्जन लामाले प्राचिन मानव सभ्यतासङ्ग जोडिएको ,सम्बन्ध भएको म्हाने पुननिर्माण ,संरक्षण र सम्बर्द्धनको लागि सङ्घिय,प्रदेश र स्थानिय सरकारले चासो लिई विशेष बजेटको तर्जुमा गर्नु पर्नेमा जोड दिनु भएको छ ।