झापा बुद्धशान्ति गाउँपालिका घेदुङको प्रथम अधिबेशन सम्पन्न,अधिबेशनले मेनबहादुर थिङ अध्यक्षमा निर्वाचित


तामाङपेज संवाददाता ।

झापा जिल्ला,बुद्धशान्ति गाउँपालिकास्तरिय नेपाल तामाङ घेदुङको प्रथम अधिबेशन घेदुङका जिल्ला अध्यक्ष काजिमान घिसिङ तामाङको प्रमुख आतिथ्यमा ,पुर्व जिल्ला सचिव तिलक पाख्रीन तामाङको विशेष आतिथ्यमा भक्तबहादुर ग्लान तामाङको सभाअध्यक्षतामा सम्पन्न भएको छ ।

स्थानिय समाजसेवी एबम गुम्बाका संयोजक मेनबहादुर थिङले स्वागत मन्तब्य र मदनकुमार डुम्जन तामाङले अधिबेशनको संचालन गर्नु भएको थियो ।

प्रथम अधिबेशनले मेनबहादुर थिङ तामाङको अध्यक्षतामा उपाध्यक्ष दिलमाया योन्जन ,प्रीयराज मोक्तान,सचिव देवीध्वज योन्जन,सहसचिव होइसलदोर्जे लामा,कोषाध्यक्ष पुर्णमाया थिङ ,सदस्यहरु गणेश ग्लान ,शुक्रराज ङेसुर ,माया घिसिङ,पुष्पा मोक्तान,गणेश तामाङ रहेको नेपाल तामाङ घेदुङ बुद्धशान्ति गाउँपालिका स्तरिय समिति ,झापा निर्विरोध निर्वाचित गरेको छ ।

अधिबेशनले राजेन्द्रकुमार मोक्तानको संयोजकत्वमा बुद्धशान्ति गाउँपालिका नेपाल तामाङ घेदुङ ,सास्कृतिक घेदुङ लगायतका विभागहरु समेत गठन गरेका छन् ।

 

प्रकाशित: समय: 12:14:22  690पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार