तामाङपेज संवाददाता ।
ललितपुर ।
कोन्ज्योसोम गाउँपालिका वडा न.१ चौघरेमा रहेको श्री वनस्पति आधारभुत विद्यालयकी शिक्षिका २३ वर्षिय शोभा थिङ तामाङ ,विगत लामो समयदेखि भक्तपुर क्यान्सर हस्पिटलमा उपचार गराई रहेकी छिन् ।
आर्थिक अभावकाबीच पनि घर,परिवारले ऋण धन गरेर नपुगेपछी कोन्ज्योसोम-३ दलचोकी स्थायी घर भै हाल दक्षिण कोरिया बस्नुहुने सुमन दर्लामी मगरले रु.६४ हजार ५ सय ५५,मलेसियामा रहनुहुने अभिषेक (पासाङ) तामाङले रु.६२ हजार ७ सय ८४ र नेपाल शिक्षक महासङ्घ कोन्ज्योसोम गाउँपालिका सचिव मानसिह ग्लान तामाङको पहलमा गाउँपालिका भित्रका कोन्ज्योसोम-१ चौघरेस्थित श्री बाघभैरव मावि ,श्री वनस्पति ,श्री सेतिदेवी आधारभुत विद्यालय,कोन्ज्योसोम-२संखुस्थित श्री मगर गाउँ मावि,श्री सरस्वती मावि,कोन्ज्योसोम-३ दलचोकीस्थित श्री गोठभन्ज्याङ मावि ,श्री ज्ञानज्योती,श्री मनकामना आधारभुत विद्यालय र कोन्ज्योसोम-४ नल्लुस्थित श्री गुप्तेश्वरी माविबाट विभिन्न ब्यक्तिहरुबाट सहयोग स्वरुप सङकलन गरिएको प्राप्त रु.५४ हजार ७ सय ५० रुपैया गरि कुल १ लाख ८२ हजार ८९ रुपैया आर्थिक सहयोग रकम सामाजिक अभियन्ता श्याम ङेसुर तामाङले ब्लड क्यान्सर पीडित शोभा थिङ तामाङलाई बुझाईसकेको बताएका छन् ।
आर्थिक अभाबकाबीच उपचार गराई रहेकी ब्लड क्यान्सर पीडित शोभाले तामाङपेजसङ्गको सम्पर्कमा अहिले स्वास्थ्यमा क्रमिक सुधार हुँदै आएको आर्थिक अवस्था कमजोर भएको कारणले आर्थिक अभावले उपचार गर्न कठिनाई भएकोले आर्थिक सहयोगको लागि सहयोगी दाताहरुमा अनुरोध गरेकी छिन् ।