प्रिय लाङटाङ


कविता
प्रिय लाङटाङ

तिमी सँग संगै
कति उकालिहरु चढिए
कति ओरालिहरु झरिए
हिमपातका कठिन रातहरुमा
च्यारगोरीमा चालामा
सिंगो जिन्दगीलाई
थाति राखेर विताए
प्रिय लाङटाङ कति मायाँ दियौ तिमीले।
तिम्रो मायाँको स्नेहमा
कति कति रमाए
कति संगाती कमाए
संरक्षणको त्यो पात्रमा
कति मित्रहरुलाई गुमाए
तिम्रो कोमल छाती भित्र
मायाको सिंगो संसार पाए
आफ्नै कार्यलाई
जिन्दगीको मर्म संझदै
कति स्यावासी
कति रुवाबासी पनि पाए।
विर्सेर कहाँ विर्सिन सकिन्छ र
ति संरक्षणकालिन यात्राका
प्रारम्भिक क्षणहरु ।
मुटु भरीको दर्विलो आत्मा विश्वास
बनेर युग युग सम्म रहिरहने छ
मुटु मुटुमा विश्वासको माला
पहिल्याई रहने छ।
सानु कान्छाको मन
यसपाली पनि फर्कने छ
याला गजल रलाङसिसा
संस्मरणमा त्यसरी नै रहिरहने छ
हाम्रो धड्कन विश्वास बनिरहने छ।
कति अगालोहरुमा
तिमी संग सगै बाँधिए
कति यौवन राग कन्दरमा
तिम्रै अंलिगनमा सुम्सुम्याई
जीवनको शौखतमा गौरवता
सारा सारा तिमी भित्रै पाए
सजिव दृश्य अजिव रुप
सेता हिमाल संगै
संरक्षणमुखी सिंगो जिवन पाए ।
नभुल्न सक्छु कबै
न विर्सन सक्छु सारा दृश्य
संसमरण युग युग तिमी त्यसरी नै
चीर स्मृति रति बाँचिरहने छौँ यादगरहरुमा
मानव मन मस्तिष्क र यत्रतत्र पधपथमा ।
हृदयको ब्रम्ह अस्त्र भईरहुँ
सिंगो पर्यावरणको उदाहरण बनिरहुँ
संझनामा तिमीलाई मुटु भरिको विश्वाश
पवित्रताको साइनो चुलिरहुँ
गंजला न्यागाङ याला ,चारगोरी
लाङसिसा खर्कहरु बाचिरहन
लाङटाङ पवित्र माया यो
युग युग सम्म रहुँ ।
प्रकृतिको कोमल छायांमा
धुपि सल्ला लाङटाङे सल्लो
र ल्यारेक्स सल्लाहरुले
त्यसरी नै तिमीलाई संझिरहनेछन् ।
थाङसेपका उकालाहरुमा
रिभर साईडका जंगलहरुमा
अझै सम्म सुसेलीहरु गुन्जिरहुन्
प्रियतम् मेरो प्रिय लाङटाङ
तिम्रो मायामा एकाकार बन्दै
जून, फूल र घाम जस्तै जीवनहरु
यसरी नै फूल्दै रहुन मानवताको लागि
जुनि भर जिन्दगीका प्रयासहरु
मन देखिको विश्वासले चुलिदै जाउँन
प्रकृति र पर्यावरणको तिमी कोशे ढुंगे वन
तिमीलाई मुटु भरिको विश्वास युग युगको ।

केशव भेटवाल “धर्तीचन्द्र यात्री”
लिखु गा.पा.६ नुवाकोट

प्रकाशित: समय: 9:46:05  720पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार