तामाङपेज संवाददाता ।
ललितपुर ।
गोदावरी नगरपालिकाका नगर प्रमुख गजेन्द्र महर्जनले गोदावरी नगरपालिका -७ देवीचौरमा पशु सेवा केन्द्रको कार्यालयको समुदघाटन गर्नु भएको छ ।
कार्यालय उदघाटन पश्चात् नगर प्रमुख महर्जनले स्वास्थ्य शिविर संचालन गर्न सहयोग पुर्याउने सङ्घ ,संस्था निकायहरुलाई सम्मान गर्नु भएको थियो ।
प्राकृतिक कृषि सहकारी संस्था सातदोबाटो ,लेले सामुदायिक सेवा केन्द्रको संयुक्त आयोजनामा एक दिने पशु स्वास्थ्य शिविरमा गोवर परिक्षण,सर्जिकल,पशु परिक्षण,कृत्रिम गर्भधारण ,बाझोपन नियन्त्रण ,पशु बन्ध्याकरण ,परामर्श सेवा,नाम्लेजुका औषधि तथा भिटामिन वितरण,खोप जस्ता सेवापनि संचालन गरेका थिए ।
सो समारोहमा कर्मचारी ,पशु प्राविधिक,गोदावरी नगरपालिका-७ वडाअध्यक्ष गिरिप्रसाद तिमल्सिना,वडा जनप्रतिनिधी,स्थानिय वासिन्दाहरुको सहभागिता रहेको थियो ।
पशु स्वास्थ्य शिविरमा २ सय घरधुरीका वासिन्दाहरु लाभान्वित भएको प्राकृतिक कृषि सहकारी संस्था सातदोबाटो ललितपुरका अध्यक्ष कृष्णप्रसाद तिमल्सिनाले जानकारी दिएका छन् ।