गोदावरी खोला क्षेत्र साप्ताहिक सरसफाई अभियानको १४ औं हप्ताको कार्यक्रम सम्पन्न


तामाङपेज संवाददाता ।

ललितपुर । गोदावरीखोला क्षेत्र साप्ताहिक सरसफाई अभियानको १४ औं शृङ्खला आइतबार भब्यताकासाथ सम्पन्न भएको छ । गोदावरीको आमा घरको पुल क्षेत्रमा सरसफाई अभियन्ताहरु,नेपाल प्रहरी ,नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधिहरु,महिला,बालबालिका ,विद्यार्थी ,शिक्षक ,शिक्षिकाहरु ,स्थानिय वासिन्दाहरु सामाजिक अभियन्ताहरु तारा खड्का,नारायणी पान्डेय,दिलिप थापा,सुबोध थापा,दीलेन्द्र थापा,रन्जिता खत्री,विन्दु थापा, चन्ताल विद्यालय टौखेलका विद्यार्थी,शिक्षक,शिक्षिकाहरु,र विशेष गरी नेपाली सेना १३ नम्बर बाहिनी ,लगनखेलका मेजर देबेन्द्र खत्रीको नेतृत्वमा नेपाली सेनाका अधिकृत तथा जवानहरुको सहभागितामा सरसफाई अभियान गरिएको अभियन्ता बेबी राजभण्डारी थापाले बताएकी छिन् ।

अभियन्ता थापाको नेतृत्वमा ललितपुरको गोदावरी खोला क्षेत्रमा साप्ताहिक रुपमा नियमित प्रत्येक आईतबार बिहान १० देखि ११ बजेसम्म सरसफाई अभियान संचालन हुँदै आएको छ ।

 

प्रकाशित: समय: 7:11:53  710पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार