समृद्ध नेपाल अभियानमा सघाउन डायस्पोरामा रहेका विज्ञहरुको सुझाव संकलन गर्न नेपाल जापान डाईलग सिरिजको चाैथाे शृंखला सम्पन्न


तामाङपेज, सम्बाददाता जापान।

समृद्ध नेपाल अभियानमा सघाउन डायस्पोरामा रहेका विज्ञहरुको सुझाव संकलन गर्न नेपाल जापान डाईलग सिरिजको चाैथाे शृंखला टोकियोस्थित जाइका हलमा सम्पन्न भएको छ। जापानमा रही विभिन्न क्षेत्रमा कार्यरत नेपालीहरुको आयोजना,नेपाली राजदूताबास जापानको सहयोग र क्योदाई रेमिट्यान्सकाे प्रायोजनमा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमलाई डा. कुमार वस्नेतले सहजीकरण गर्नुभएकाे थियाे। कार्यक्रममा टोक्यो अन्तराष्ट्रिय विश्व विध्यालयका भ्वाईस प्रेसिडेन्ट डाक्टर जय राजसेकारा, रिसर्चर डाक्टर यासुनोरि ओवादा,डाक्टर बेद काफ्लेले सूचना,सञ्चार र प्रविधिसंग सम्बन्धित बिषयमा नेपाल तथा जापानको बर्तमान अबस्था र संभावनाको बिषयमा बोल्नु भएको थियो ।

त्यसै गरि आइटि मार्फत मौसम सम्बन्धि जानकारीको बारेमा कोजि किनोउचि, इन्टरनेट मार्फत बिध्यार्थीलाई अध्यापन गराउने बिषयमा ताईसुके फुकुनो र नेपालको आफ्नै पहिलो सेटलाईट अन्तरिक्षमा पठाउनु भएका आभास मास्केले आ-आफ्नो मन्तव्य राख्नु भएको थियो।

जापानमा सूचना सञ्चार र प्रविधिकाे क्षेत्रमा कार्यरत नेपाली तथा जापानी विज्ञहरुबीच भएकाे अन्तरक्रिया कार्यक्रममा नेपालको आइटी सेक्टरसंग सम्बन्धित सञ्चार,सूचना र प्रविधिकाे सेवा प्रणालीको विभिन्न माइक्रो तथा म्याक्रो लेभलका बिषयमा छलफल थियो।

कार्यक्रम राजदुत प्रतिभा राणाको आतिथ्यतामा, मिनिस्टर काउनसिलर कृष्ण चन्द्र अर्यालको अध्यक्षतामा तथा प्रोफेसर नेत्र प्रकास भण्डारीको संचालनमा सम्पन्न भएको थियो।

प्रकाशित: समय: 5:55:58  472पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार