प्युठान स्वर्गद्वारी समाज युएईको प्रथम अधिबेशन सम्पन्न,अध्यक्षमा हेमन्त घिमिरे लगायत निर्विरोध निर्वाचित


तामाङपेज संवाददाता ।

युएई । प्युठान स्वर्गद्वारी समाज युएईको प्रथम अधिबेशन नेपाली समाज युएईका अध्यक्ष चन्द्रप्रसाद सापकोटाको प्रमुख आतिथ्यमा शुक्रबार सम्पन्न भएको छ ।

समाजका संस्थापक अध्यक्ष दुजमान सुनारको सभाअध्यक्षतामा सम्पन्न अधिबेशनले आगामी दुई वर्षको लागि प्युठान स्वर्गद्वारी समाज युएईको अध्यक्ष हेमन्त घिमिरे,उपाध्यक्ष भीम सुनार,महासचिव जे.बी.जिसि,सचिव तिलक बुढामगर,सहसचिव चन्द्र सुनार,कोषाध्यक्ष विक्रम विष्ट ,ठगेन्द्र सुनार,सदस्यहरुमा उर्मिला रोक्का,विन्दु शाह,शान्तामणि पुलामी ,लालमणि पच्छाई,कमलसिह पुनमगर,खिमबहादुर विष्ट,महेश केसि,दिनेश केसि,ठाकुर थापा,टेजपाल कुवर,झसेन्द्र शाह,गुरुप्रसाद पोखरेल,विशाल बस्नेत,मुक्तिप्रसाद पाठक,बालचन्द्र पौडेल,हिरा परियारलाई सर्वसहमत छनोट गरि निर्वाचित गराएका छन् ।

 

 

त्यस्तैगरी समाजको संरक्षक दुजमान सुनार ,प्रमुख सल्लाहकार इमानसिह केसिलाई छनोट गरिएको प्युठान स्वर्गद्वारी समाज युएईको प्रथम अधिबेशनमा समाहका सल्लाहकार ,पदाधिकारी,सदस्यहरु,प्युठान घर भै हाल वैदेशिक रोजगारको क्रममा युएईमा रहनु भएका दाजुभाई तथा दिदिबहिनिहरुको व्यापक सहभागिता रहेको थियो ।

प्रकाशित: समय: 5:51:24  672पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार