करण तामाङ, नुवाकोट।
भूकम्पले भत्काएको निङमा साङाग गुम्बा पुन निर्माणकाे लागि साेही गुम्बाका लामा प्रमुख एवम् एक लाेकप्रिय समाजसेवी शेरब लामा तयारीमा जुट्नु भएको छ ।
वि.स २०७२ सालमा आएकाे विनाशकारी भूकम्पले बेलकाेटगढी नगरपालिका वडा नं ४ र ६ काे संगम स्थल दियाले नुवाकोटमा रहेको एक ऐतिहासिक धराेहरका रुपमा रहेको निङामा साङाग गुम्बा पूर्ण रुपमा भत्किएको थियोे । भत्किएको गुम्बालाई पुन निर्माणकाे लागि समयमै राज्यबाट कुनै सहयाेग नजुटेकाे कारण गुम्बा निर्माणमा ढिलाइ भएको थियोे । तर अहिले गुम्बा निर्माणकाे लागि घडेरी खार्ने काम लामाकै सक्रियतामा शनिबार सम्पन्न भएको छ।
याे क्षेत्रकै एक पुरानाे र महत्त्वपूर्ण गुम्बा भएको कारण निर्माण आवश्यक रहेको र अब छिट्टै निर्माण हुने कुरा तामाङपेजसंग कुरा गर्दै लामाले बताउनुभएको छ।