प्युटारमा टप रेष्ट्रो एण्ड गेष्टहाउस वीथ बेम्बो कटेजको समुदघाटन


तामाङपेज संवाददाता।

ललितपुर ।

वाग्मती गाउँपालिका-४ प्युटारस्थित प्युटारचोकमा नेपाल तामाङ घेदुङका सङ्घिय सचिव रामकृष्ण ब्लोन तामाङको प्रमुख आतिथ्यमा टपरेष्ट्रो एण्ड गेष्ट हाउस वीथ बेम्बो कटेजको उदघाटन समारोह सम्पन्न भएको छ ।

प्रमुख अतिथि एबम घेदुङका सङ्घिय सचिव ब्लोनले कटेजको रिबन काटेर उदघाटन गर्नु भएको छ ।

कटेजका प्रोप्राइटर दीपक लामाले रु.५० लाखको लागतमा निर्माण सम्पन्न गरिएको उक्त टपरेष्ट्रो एण्ड गेष्ट हाउस वीथ बेम्बो कटेज ललितपुरको वाग्मती गाउँपालिका भित्र सुविधा सम्पन्न रहेको ग्राहकको चाहना अनुसार नेपाली खाना,माछा,लोकल कुखुरा,बोका,खसी,रागाको मासु ,ढिडो ,सिस्नु ,गुन्द्रुक ,सागसब्जी ,दहि ,दूध,घिउ जस्ता परिकारको साथमा ग्राहकको अडरनुसार खुवाउन सकिने बताएका छन् ।

 

कटेजका प्रोप्राइटर लामाकानुसार गोष्ठी,छलफल,बैठकका लागि पनि हलको ब्यवस्था समेत रहेको बताए ।

उदघाटन समारोहको कार्यक्रम संचालन उदघोषिका लक्ष्मी तामाङले गरेकी थिईन भने समारोहमा कलाकारहरुले गीत तथा नृत्य समेत प्रस्तुत गरेका थिए ।

उदघाटन समारोहमा समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य उत्तमकुमार लामा,नेपाल तामाङ घेदुङका सचिवालय सदस्य बेलबहादुर लुङ्गबा ,वाग्मती -४ प्युटार वडाअध्यक्ष नारायणबहादुर घले,नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेताहरु दुर्गाप्रसाद घिमिरे,कृष्ण बल ,राजकुमार थिङ तामाङ,श्री कालिदेवी माविका प्र.अ.ठाकुर लामा,श्री चण्डेश्वरी माविका प्र.अ.दुधराज लामा ,प्रतिष्ठित ब्यक्तित्वहरु ,स्थानिय वासिन्दाहरुको व्यापक सहभागिता रहेको थियो ।

 

प्रकाशित: समय: 12:32:22  1128पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार