गाँउपालिकामै पहिलो पटक कोलाँतीमा वृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न


भुम्लु गाँउपालिका वडा नम्बर ६ कोलाँती भुम्लुको आयोजना तथा कोलाती भुम्लु स्वास्थ चौकीको सहयोगमा शनिबार गाँउपालिकामै पहिलो पटक एकदिने बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

 

स्त्री रोग, हाडजोर्नी तथा छाला सम्वन्धि विशेषज्ञहरुले निःशुल्क सेवा दिएको शिविरमा वडा नम्बर ५ सल्ले मुलाबारी , जामुने फलाँटे , चौरीदेउराली गाउँपालिकाको बिर्ता देउराली, खहरे खोला र स्थानीय बासिन्दा गरि दुई हजार जनाको विभिन्न रोगको उपचार तथा परामर्श , ल्याव परिक्षण ,पाठेघर क्यान्सर परीक्षण लगाएत अन्य स्वास्थ्य परिक्षण गरि उपलब्ध भएका औषधि समेत निःशुल्क वितरण गरिएको थियो । यस शिविरबाट स्वास्थ सेवा लिन पाएकोमास्थानिय खुशी भएका थिए ।

उक्त शिविरमा आर्थिक अभावका कारण ला मो समयसम्म रोग बल्झाएर राखेका महिलाको पनि शिविरमा उपचार गरिएको र चेतनाको अभावमा महिलामा विकराल बन्दै गएको स्त्री रोग तथा पाठेघरको क्यान्सरसम्बन्धी उपचार पनि गरिएको थियो ।

उक्त निःशुल्क स्वास्थ्य शिविरमा अल्का अस्पतालका विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीले सेवा दिएका थिए ।

कार्यक्रमको उदघाटन गर्दै कोलाँती भुम्लु वडा कार्यालयका अध्यक्ष भरत बहादुर शिवभक्तीले यस प्रकारको शिविरबाट स्वास्थ सेवाको पहँुचबाट टाढा रहेको स्थानियलाई धेरै सहयोग पुगेको र यस्ता कार्यक्रमको लागी वडा कार्यलय सदैव हातेमालो गर्न र सहयोग गर्न तत्पर रहेको बताए । उनले देशमा नागरिक स्वस्थ रहेमात्र राष्ट्र समृद्ध हुने बताउँदै सबै नागरिकको स्वास्थ्यको जिम्मा राज्यले लिनुपर्ने धारणा व्यक्त गरे ।

भुम्लु गाँउपालिका वडा नम्बर ६ कोलाँती भुम्लुले गतवर्ष देखि नै स्थानीयलाई सजिलो होस् भनेर विभिन्न कार्यक्रमहरु तथा स्वास्थ्यसम्वन्धि कार्यक्रमहरु समेत सञ्चालन गर्दै आएको छ ।

उक्त अवसरमा सहभागीहरुले यस्ता संवेदनशील शिविर राज्यले शहरमा मात्र नभई गाउँगाउँमा सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित: समय: 9:15:12  685पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार