श्याम तामाङ ,तामाङपेज ।
लोकसेवा आयोगले ५ सय १५ वटा स्थानिय तहका लागि गत बुधबार विभिन्न पदका लागि ९ हजार १ सय ६१ जनशक्ति माग गर्दै विज्ञापन समाबेशि क्लस्टरको लागि यथोचित सङख्या नछुट्याईएको प्रति विभिन्न सङ्घ संस्था र किराँत याक्थुङ चुम्लुङ केन्द्रले जारी गरेको विरोध विज्ञप्तिलाई प्रवास शाखा किराँत याक्थुङ चुम्लुङ इजरायलले ऎक्यवद्धता जाहेर गर्दछ भनेर बुधबार जारी विरोध विज्ञप्तिमा अध्यक्ष कुमार आङदेम्बे (अवी)ले हस्ताक्षर गरेका छन् ।
कियाचु इजरायलका अध्यक्ष आङदेम्बेले हस्ताक्षर गरेको विरोध विज्ञप्तिमा सङघिय लोकतान्त्रिक गणतन्त्र नेपाल निर्माण आन्दोलनको उपलब्धि मध्ये समानुपातिक समाबेशिता व्यवस्था एक महत्वपुर्ण उपलब्धि हो जस्को लागि हामी आदिवासी जनजातिहरु समेत लडेका हौं । यस्लाई सम्पादन गर्ने विभिन्न रुपहरु मध्ये राज्यको प्रशासनिक संरचनामा निजामति सेवा ऎनमा खुल्ला प्रतियोगिताबाट पद पुर्तिहुने पदहरुमध्ये ४५ प्रतिशत पद समाबेशी समुहका लागि छुट्याईने प्रतिशतमा शत प्रतिशत मानी त्यस्मध्ये महिला-३३,आदिवासी जनजाति -२७,मधेशी -२२,दलित-९,अपाङ्गता भएका व्यक्ति -५ र पिछडिएको क्षेत्रका मानिसका लागि -४ प्रतिशत पद छुट्याउनु पर्ने व्यवस्था छ ।
यो व्यवस्था अनुसार यस विज्ञापनमा ४ हजार भन्दा बढी समाबेशी हुनुपर्नेमा २२ सय हाराहारी मात्र माग छ । यसरी समाबेशी व्यवस्थालाई विभिन्न बहानामा राज्यले तोडमोड गर्दै बिस्तारै हटाउदै जाने प्रपन्च गरि रहेको उदाहरण यो विज्ञापनबाट देखिन्छ । यस प्रकारले के पनि इङ्गित गर्दछ भने राज्य एकल जातिवादि,एकाधिकारवादि,नश्लवादि झन विभेदकारी हुँदै गैइरहेको छ । यो सोच प्रवृत्तिहरुको घोर निन्दा गर्दछौ ।
यो विज्ञापनलाई तुरुन्त खारेज गरि समाबेशि व्यवस्था अनुरुप सच्याई पुन: विज्ञापन गर्न माग गर्दछौ भनेर कियाचु इजरायलले विरोध विज्ञप्ति जारी गरेको छ ।
लोकसेवा आयोगले स्थानिय तहका लागि विभिन्न पदका निमित्त जनशक्ति मागको विज्ञापनको सन्दर्भमा चौतर्फी विभिन्न आदिवासी जनजाति सङघ संस्था ,ब्यक्तित्व र राजनितिक दलहरुले समेत विरोध जनाएका छन् ।