लगनखेलमा नेपाली काङ्ग्रेसको विशाल आम सभा सम्पन्न


तामाङपेज संवाददाता ।

ललितपुर ।

हिमाल,पहाड,तराई- मधेश,नेपाली काङ्ग्रेस भन्ने मुलनाराकासाथ ललितपुरमा संचालित एक महिने राष्ट्रिय जागरण अभियान ललितपुरको समापन तथा विशाल आम सभा समारोह नेपाली काङ्ग्रेसका सभापति एबम पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा शुक्रबार सम्पन्न भएको छ ।

नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति ललितपुरले लगनखेलमा आयोजना गरेको सभामा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे ,नेपाल तरुण दल केन्द्रीय अध्यक्ष जितजङ्ग बस्नेत ,ललितपुर जिल्लाका विभिन्न तपतहका नेपाली काङ्ग्रेसको नेता,कार्यकर्ता ,शुभचिन्तकहरुको सहभागिता रहेको थियो ।

 

नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता ,महाङकाल-१ बुखेलका पूर्व गाविस अध्यक्ष रामकृष्ण हुमागाईले कम्युनिष्ट पार्टी परित्याग गरी नेपाली काङ्ग्रेसका सभापति एबम पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले टीका,माल्याअर्पण गरेर नेपाली काङ्ग्रेसमा सदस्यता प्रदान सहित प्रवेश गराउनु भएको थियो ।

नेता रामकृष्ण हुमागाईले ललितपुर जिल्ला क्षेत्र न.१ को प्रदेश सभाबाट निर्वाचन ताका प्रदेश सभाको साम्सदको टिकट प्राप्त नभएपछी नेपाल कम्युनिष्ट पार्टी नेकपा र नेतृत्वसङ्ग रुष्ट बनेका थिए ।

 

नेपाल कम्युनिष्ट पार्टी नेकपा ,नेकपा नेतृत्व र वर्तमान सरकारलाई गाली गरेर ,नेपाली काङ्ग्रेसमा प्रवेश गर्नु भएका रामकृष्ण हुमागाई ,दक्षिण ललितपुरमा चिरपरिचित एक नेता हुन् ।

मंगलबजारबाट र्याली शुरु हुँदै लगनखेल आईपुगेर विशाल आमसभा तथा  राष्ट्रिय जागरण अभियानको समापन नेपाली काङ्ग्रेस ललितपुरका जिल्ला सभापति एबम पूर्व सभासद मदनबहादुर अमात्यको सभापतित्वमा सम्पन्न भएको थियो ।

प्रकाशित: समय: 8:04:14  799पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार