पोखरामा सडकको नामकरण बतासमार्ग

सडकका लागि बतास अर्गनाइजेसनले जग्गा दान गरेको हाल सडकको नाम बतास मार्ग राखिएको अर्गनाइजेसनका अध्यक्ष आनन्दराज बतासले बताउनु भएको छ ।

श्याम तामाङ ,तामाङपेज।

 

कास्की जिल्ला ,पोखरा महानगरपालिका वडा न.१८ सराङकोट,कास्कीले जग्गादाताको दानको आधारमा सडकको नाम बतास मार्ग राखेको छ ।

  • पोखरा-१८ सराङकोट वडा कार्यालयको च.न.३२७२ प.सं.०७५/०७६ रहेको मिति २०७६ जेष्ठ ५ गतेको पत्रनुसार हेप्पि भिलेजदेखि ढकाल थर,कृषि सडक जोडिएको बाटो उपभोक्ता समितिको निर्णय मिति २०७५ चैत्र २० गतेको प्राप्त टोल सुधार समितिको समेत निर्णय अनुसार हेप्पि भिलेजदेखि ढकाल थर कृषि सडकसम्मको बाटोको नामकरण बतासमार्ग ब्यहोराको वडाअध्यक्ष रणबहादुर थापाले हस्ताक्षर गरेको श्री बतास ब्रदर्श पोखरा कास्कीलाई पत्र प्राप्त भएको बतास अर्गनाइजेसनका अध्यक्ष एबम व्यवसायी आनन्दराज बतासले जानकारी दिएका छन् ।

 

प्रकाशित: समय: 5:16:28  706पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार