ललितपुरको महाङकाल गाउँपालिकामा प्रदेश सरकारबाट विनियोजित योजनाको काम अन्तिम चरणमा

गाउँपालिका भित्र मोटरबाटो ,खानेपानी योजना लगायतमा रु.३ करोड ५२ लाख विनियोजित भएको प्रदेश सभा साम्सद लालकुमारी पुन शुशिलाले जानकारी गराउनु भएको छ ।

तामाङपेज संवाददाता ।

 

ललितपुर । गोदावरी नगरपालिका ,कोन्ज्योसोम गाउँपालिकामा प्रदेश सरकारबाट प्राप्त योजनाको कार्यबारे अनुगमन,निरिक्षण पस्चात महाङकाल गाउँपालिकामा भएका कार्यबारे प्रदेश सभा साम्सद लालकुमारी पुन शुशिलाले चासो लिएकी छिन् ।

यस गाउँपालिकामा बुखेल,मानिखेल,गोटिखेल,चन्दनपुर,कालेश्वर र ठुलादुर्लुङ वडाहरु रहेका छन् । महाङकाल गाउँपालिकामा प्रदेश न.३ सरकारबाट मोटरबाटो,खानेपानी,विद्यालय भवन लगायतमा आ.व.०७५/०७६ मा रु.३ करोड ५२ लाख रुपैयाँ विनियोजित योजनाका कामहरु अन्तिम चरणमा पुगेको प्रदेश सभा साम्सद लालकुमारी पुन शुशिलाले जानकारी गराउनु भएको छ ।

 

साम्सद पुनका अनुसार रातोमाटोदेखि च्याम्राङवेसिसम्मको मोटरबाटो रु.१ करोड २६ लाख,गोटिखेल सिसवन मोटरबाटो रु.४० लाख,श्री ५ महेन्द्र माविदेखि हेलटारसम्म मोटरबाटो निर्माण रु.५० लाख,कालेश्वर बुलबुले मोटरबाटो निर्माण रु.१५ लाख,महाङकाल गाउँपालिका वडा न.१ देखि ६ वडासम्मको खानेपानीको योजना रु.४० लाख,श्री सरस्वती मावि नमन चन्दनपुर पहिरो नियन्त्रण रु.२० लाख ,श्री महाङकाल क्याम्पस भवन पुननिर्माण ,गोटिखेल रु.१५ लाख,श्री वाग्मती आधारभुत विद्यालय खानेपानी योजना ठुलादुर्लुङ रु.१० लाख र श्री मानिखेल आधारभुत विद्यालय भवन निर्माण रु.५० लाख गरि कुल ३ करोड ५२ लाख रुपैयाँको योजना यस आर्थिक वर्षमा परेको थियो ।

 

यस आ.व.को योजना र विकासका कार्यहरु महाङकाल गाउँपालिका भित्र निर्माण सम्पन्न अन्तिम चरणमा पुगेको र सो कार्य बारे प्रत्यक्ष ,अप्रत्यक्ष रुपमा कार्यको अनुगमन ,निरिक्षण गर्न हालको लागि  स्वकीय सचिव सुमन बम्जन तामाङलाई खटाई योजना सम्पन्न बारे स्थानिय जनप्रतिनिधि,उपभोक्ता समितिका प्रतिनिधिहरुसङ्ग  प्रत्यक्ष ,अप्रत्यक्ष काम सम्पन्न बारे रिपोर्ट लिइरहेको र तत्कालै सो बारे स्थलगत निरिक्षण गर्न प्रदेश सभा साम्सद लालकुमारी पुन शुशिला महाङकाल गाउँपालिका जानेकुरा तामाङपेजसङ्गको सम्पर्कमा बताउनु भएको छ । यो महाङकाल गाउँपालिका,ललितपुर जिल्ला,क्षेत्र न.१ को ( क) प्रदेशमा पर्दछ ।

 

 

प्रकाशित: समय: 14:56:29  1648पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार