मोरङ बेलबारीमा उदघोषण तथा बैठक संचालन तालिम शुरु


तामाङपेज संवाददाता ।

नेपाल आदिवासी जनजाति महासङ्घ ,बेलबारी नगरपालिका-११ वडा समितिको आयोजनामा वडा कार्यालयको आर्थिक सहयोगमा तीन दिने उदघोषण तथा बैठक संचालन तालिमको शुक्रबार प्रमुख अतिथि एबम  वडा सदस्य इन्द्रकुमार राईले उदघाटन गर्नु भएको छ ।

वडाभित्रका ३० जना प्रशिक्षार्थीहरुले भाग लिएको तालिमको प्रशिक्षक शान्ति पाख्रीन र कार्यक्रम संयोजक भाइकुमार गुरुङ रहेका छन् ।

उदघाटन समारोहमा नेपाल आदिवासी जनजाति महासङ्घ बेलबारी नगर समितिका उपाध्यक्ष निन्दा थेवे,सदस्यहरु शान्ता मोक्तान तामाङ,सुमित्रा सुनुवार,विभिन्न जातिय सङ्घ संस्थाहरुका प्रतिनिधिहरु अतिथि बक्ताको रुपमा रहेका थिए ।

कार्यक्रम संचालन ज्ञानु राईले गर्नु भएको सो समारोह नेपाल आदिवासी जनजाति महासङ्घ ,बेलबारी-११ वडा समितिका अध्यक्ष लुतन लिम्बुको सभाअध्यक्षतामा सम्पन्न भएको थियो ।

 

 

 

 

प्रकाशित: समय: 13:58:43  546पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार