गैरीबारीचोकमा माछापुच्छ्रे बैंकको शाखारहित बैकिङ सेवा शुरु


तामाङपेज संवाददाता।

चितवन। कालिका नगरपालिका वडा न.८ गैरीबारीचोकमा हेफर ईन्टरनेशनल ,सक्षम प्रोजेक्ट,महिला समूह समन्वय समिति,माछापुच्छ्रे बैंक,लगनशिल सामाजिक महिला उद्यमि सहकारी संस्थाको संयुक्त आयोजनामा नगर वडा सदस्य मिनबहादुर गुरुङको प्रमुख आतिथ्यमा बुधबार भब्य एक समारोहकाबीच माछापुच्छ्रे बैंकको शाखारहित बैकिङ सेवाको ब्यानरमा लेखिएको अक्षर पढेर समुदघाटन गर्नु भएको छ ।

लगनशिल सामाजिक महिला उद्यमि सहकारी संस्थाकी अध्यक्ष छमिकुमारी मगरको सभाअध्यक्षतामा ब्यवस्थापक जुना तामाङले कार्यक्रम संचालन र कोषाध्यक्ष बुलकुमारी पुरी मगरले स्वागत मन्तब्य ब्यक्त गरेका थिए ।

स्थानिय महिलाहरुको व्यापक सहभागिता रहेको सो कार्यक्रममा महिला समूह समन्वय समिति संयोजक सीता पौडेल, हेफर ईन्टरनेशनलका अधिकृत सकुन्तला रसाली,आधिष श्रेष्ठ ,सहकारी क्षमता अभिवृद्धि सहजकर्ता सङगीता सुनार लगायतका महानुभावहरुको सहभागिता रहेको थियो ।

माछापुच्छ्रे बैंकका केन्द्रीय प्रतिनिधि सुदिप सुवेदीले बैकिङ प्रणालीकाबारे माछापुच्छ्रे बैकको शाखारहित बैकिङ सेवा गैरीबारीले रेमिटेन्स ,ग्राहक सेवा,खाता खोल्न ,ॠण प्रवाह गर्न,एटिम कार्डबाट कारोबार गर्ने जस्ता विषयहरुमा जानकारी दिलाएका थिए ।

 

प्रकाशित: समय: 4:36:25  947पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार