नेपाली काङ्ग्रेसका सभापति एबम पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा आज , लगनखेलमा विशाल आमसभा हुँदै

नेपाली काङ्ग्रेस ललितपुर जिल्ला सभापति एबम पुर्व सभासद मदनबहादुर अमात्यकानुसार दिनको १ बजे मंगलबजार भेला भै ,परिक्रमा गर्दै लगनखेल पुगेर आमसभा हुने कुरा जनाएका छन् ।

तामाङपेज संवाददाता ।

ललितपुर ।

नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति ललितपुरले आज दिनको २ बजे लगनखेलमा नेपाली काङ्ग्रेसका सभापति एबम पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा विशाल आमसभा गर्ने भएको छ ।

नेपाली काङ्ग्रेस ललितपुर जिल्ला सभापति एबम पुर्व सभासद मदनबहादुर अमात्यले दिनको १ बजे ललितपुरका जिल्ला तहदेखि स्थानिय तहसम्मका पार्टीका विभिन्न तपतहमा रहेका नेताहरु,कार्यकर्ता ,शुभचिन्तकहरु,मंगलबजारमा भेला भएर ,नगर परिक्रमा गर्दै लगनखेलमा पुगेर विशाल आमसभा गर्ने कार्यक्रम रहेको बताएका छन् ।

नेपाली काङ्ग्रेस ललितपुरले राष्ट्रिय जागरण अभियानको एक महिने कार्यक्रमको समापनको सन्दर्भमा विशाल आम सभा गर्न लागेको जिल्ला सभापति एबम पुर्व सभासद अमात्यले बताउनु भएको छ ।

 

 

प्रकाशित: समय: 3:53:00  678पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार