नेपाली साङ्गीतिक कार्यक्रममा मलेशियन अध्यागमनको छापा:कलाकार आयोजक सहित २६ नेपाली पक्राउ


तामाङपेज क्वालालम्पुर

मलेसियाको क्वालालम्पुर स्थित एस.एस.ओ.जी ग्रुपद्वारा आयोजित नेपाली सांगीतिक कार्यक्रममा मलेसियन अध्यागमनले छापा हान्दा कलाकार लगायत २६ जना नेपालीहरु पक्राउ परेका छन्।

मुस्लिम समुदायहरुको विशेष पर्व हरिरायाको अवसरमा एस.एस.ओ.जी नामक अनलाइन सेमुल प्रयोगकर्ताहरुको प्रमुख आयोजनामा क्वालालम्पुरको कोतराया कम्प्लेक्समा उक्त साङ्गीतिक धमका आयोजना गरिएको थियो। सो कार्यक्रमका निमित्त नेपालबाट आमन्त्रीत राष्ट्रिय कलाकार सुजन आङदाम्बे,श्रेया राई,सुनिता थेगिम रहेका छन्।

कार्यक्रममा सहभागी दर्शक आयोजक र कलाकार सहित २६ जनालाई अध्यागमनले नियन्त्रणमा लिएको प्रत्यक्षदर्शी तथा नेपाल आदिबासी जनजाति पत्रकार महासंघ शाखा मलेशियाका अध्यक्ष दीपक सुनाखरी मगरले जानकारी दिएका हो । नेपालबाट कलाकार ल्याउदा कानुनी प्रक्रिया पूरा नभएको कारण पक्राउ परेको बुझिएको छ।

प्रकाशित: समय: 13:45:05  502पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार