नेकपाका युवा नेता राजु आले मगरको नेतृत्वमा वाग्मती गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चनलाई ज्ञापनपत्र प्रदान

वाग्मती गाउँपालिकामा आर्थिक पारदर्शिता नभएको,शिक्षकहरुलाई सरुवाको नाममा आतंक मच्याईएको,कर्मचारी भर्ती केन्द्र र बौद्धधर्मलम्बिहरुको आस्थासङ्ग जोडिएको खादा प्रतिबन्ध जस्ता विषयहरु समेटिएको ज्ञापनपत्रमा ध्यानाकर्षण गराईएको युवा नेता मगरले जनाउनु भएको छ ।

तामाङपेज संवाददाता ,ललितपुर ।
नेपाल कम्युनिष्ट पार्टी नेकपा वाग्मतीपालिका कमिटीको तर्फबाट नेपाल कम्युनिष्ट पार्टी नेकपाका युवा नेता राजु आले मगरको नेतृत्वमा सम्मिलित टोलिले वाग्मती गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चन तामाङलाई गाउँपालिकाको कार्यालयमा सात वटा विषयमा उल्लेखित ज्ञापन पत्र ध्यानाकर्षण सहित बुझाईएको छ ।

युवा नेता मगरले वाग्मती गाउँपालिकामा स्थानिय जनप्रतिनिधिहरु निर्वाचित भएर पदभार ग्रहण गरेपछि आर्थिक पारदर्शिता नभएको,शिक्षा कार्यविधि निर्माण राम्रो भएपनी त्यही कार्यविधिलाई कुल्चेर फरक आस्थाको नाउँमा सरुवाको आतंक शिक्षक,शिक्षिकालाई मच्याईएको,मापदण्ड विपरित वडालाई बजेट विनियोजित ,खर्च गर्ने प्रणाली नै नभएको,वडाहरुमा योजना शीर्षक समेत सार्वजनिक नगरी आर्थिक विनियोजित गरेको र गत २०७६ बैशाख १५ गते गाउँपालिकाको ३४ औं पुर्ण बैठकले आर्थिक मितब्ययिताको नाममा खादा गाउँपालिका,वडाको कार्यक्रममा प्रतिवन्ध गर्ने निर्णयले बौद्ध धर्मलम्बिहरुको आस्था,भावनामाथी आघात पुगेकाले अविलम्ब माथी उल्लेखित विषयहरुमा गम्भीर भएर निर्णय सच्याउनको लागि ,कार्यन्वयनको लागि वातावरण बनाउन नेपाल कम्युनिष्ट पार्टी नेकपाको तर्फबाट ध्यानाकर्षण सहित ज्ञापन पत्र बुझाईएको जानकारी दिएका छन् ।

वाग्मती गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चनले भने ज्ञापन पत्र बुझेपछी अध्ययन गर्छु ,त्यसपछी मात्र कार्यन्वयनबारे गाउँपालिकाले कदम चाल्ने कुरा राखेको एक सहभागीले नाम सार्वजनिक नगर्ने शर्तमा बताउनु भएको छ ।

ज्ञापन पत्रको लिखित सातवटा विषयमा नेपाल कम्युनिष्ट पार्टी नेकपाको तर्फबाट युवा नेता राजु आले मगर र नेता दुर्गाप्रसाद घिमिरेले हस्ताक्षर गरेको थियो ।

वाग्मती गाउँपालिकामा ज्ञापन पत्र बुझाउने कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेताहरु भक्तबहादुर दर्लामी निशान,नारायण तिमल्सिना,दीपक पुलामी मगर ,कृष्ण बल तामाङ,ज्ञानबहादुर थिङ,तीलक लामा,डोल्मा तामाङ,वाग्मती -५,६ र ७ नम्बर वडाका वडाअध्यक्षहरु क्रमश : साजन दर्लामी मगर,लालबहादुर बम्जन तामाङ ,नवराज संजेल ,निर्वाचित वडा सदस्यहरु ,स्थानिय नेता,कार्यकर्ता,शुभ चिन्तकहरुको व्यापक सहभागिता रहेका थियो ।

वाग्मती गाउँपालिका उपाध्यक्ष रन्जना घिमिरेपनी पालिकाको तर्फबाट उपस्थित रहेकी थिइन् ।

निर्वाचित एक वडाध्यक्षकानुसार वाग्मती गाउँपालिकाको ३४ औं बोर्ड बैठकले गाउँपालिका ,वडा कार्यालय र संघ,संस्था विभिन्न निकायहरुले आयोजना गर्ने सभा ,समारोहमा खादा प्रयोग नगर्ने लिखित निर्णय भएको नाम सार्वजनिक नगर्ने शर्तमा बताएका छन् ।

प्रकाशित: समय: 10:09:00  2554पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार