सिन्धुपाचोक किउल बगरमा प्रथम ह्योल्मो महिला सगरमाथा आरोही कान्छिडोल्मा ह्योल्मो सम्मानित


तामाङपेज संवाददाता ।

सिन्धुपाल्चोक हेलम्बु- १ धाक्पाखर्ककी प्रथम ह्योल्मो महिला सगरमाथा आरोही कान्छिडोल्मा ह्योल्मोलाई बिहिबार सम्मान गरेको छ  ।

नेपाली काङ्ग्रेसको राष्ट्रिय जनजागरण अभियानको क्रममा सिन्धुपाल्चोक पुग्नु भएका नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्यद्वय पुर्व मन्त्री अर्जुननरसिंह केसि ,केन्द्रीय सदस्य अम्बिका बस्नेतले नेपाली काङ्ग्रेस सिन्धुपाल्चोक जिल्ला कार्य समितिको तर्फबाट तयार गरेको सम्मान पत्र प्रदान गर्नुहुदै सगरमाथा आरोही कान्छिडोल्मा ह्योल्मोलाई बधाई ज्ञापन सहित दोसल्ला लगाएर सम्मान गरेका थिए।

नेपाली काङ्ग्रेस सिन्धुपाल्चोक जिल्लाका सभापती विकास लामाकानुसार हेलम्बु किउलबगरमा नेपाली काङ्ग्रेसको तर्फबाट बधाई ,सम्मान प्रदान गरेको बताउनु भएको छ ।

प्रथम ह्योल्मो महिला सगरमाथा आरोही कान्छिडोल्मा ह्योल्मोले जेष्ठ ९ गते विश्वको सर्वोच्च शिखर सगरमाथामा पाईला टेक्न सफल भएकी थिइन् ।

सगरमाथा आरोही कान्छिडोल्माले औंपचारिक शिक्षा प्लस टु उतिर्ण गरेकी कान्छिडोल्माले वैदेशिक रोजगारको क्रममा इजरायलमा पाँच वर्ष विताउनु भएको थियो ।

प्रकाशित: समय: 5:48:10  835पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार