तामाङपेज संवाददाता।
सिन्धुपाल्चोक । युवा साहित्यकार,पत्रकार ,थाङका कलाकार बुद्ध योन्जनले लेख्नु भएको ह्रुङा राप नामक कृतिको जेष्ठ २५ गते बिहान १०:३० बजे नेपाल तामाङ घेदुङको सचिवालय,चुच्चेपाटीमा तामाङ डाजाङको आयोजनमा विमोचन समारोह गर्ने भएको छ ।
विगत लामो समयदेखि तामाङ साहित्यको क्षेत्रमा कलम चलाउदै आउनु भएका साहित्यकार,पत्रकार ,थाङका कलाकार योन्जन भने तामाङ डाजाङको निवर्तमान अध्यक्ष पनि हुनुहुन्छ ।
तामाङ डाजाङले विमोचन समारोहमा उपस्थितिको लागि साहित्यप्रेमी तथा सरोकारवाला सबैलाई आमन्त्रण समेत गरेको छ ।