कालेश्वरमा पाँच दिने कृष्टलको गहना बनाउने तालिम शुरु

कालेश्वरका २० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको वडाअध्यक्ष शान्ताप्रसाद गौतमले जनाएका छन् ।

तामाङपेज संवाददाता ।
ललितपुर ।

महाङकाल गाउँपालिका-४ कालेश्वर वडा कार्यालयको आयोजनामा बुधबारदेखि महिलाहरुको लागि पाँच दिने कृष्टलको गहना बनाउने तालिमको महाङकाल गाउँपालिका अध्यक्ष रामचन्द्र दहालले उदघाटन गर्नु भएको छ ।

उदघाटन गर्नुहुदै गाउँपालिका अध्यक्ष दहालले तालिमले महिलाहरुको सीपमा विकास गर्ने बताए ।

महाङकाल-४ कालेश्वरका वडाअध्यक्ष शान्ताप्रसाद गौतमले तालिममा २० जना महिला प्रशिक्षार्थीहरुको सहभागिता रहेको तालिमका प्रशिक्षार्थीहरुलाई प्रशिक्षक मन्दीरा देवकोटाले प्रशिक्षण दिने जानकारी दिएका छन् ।

प्रकाशित: समय: 3:25:44  720पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार