ललितपुर गिम्दी साहुमारामा मोटरबाटो पुग्दै,प्रदेश सरकारबाट रु.५० लाख विनियोजित गरेको प्रदेश सभा साम्सद चेतनाथ संजेलले बताएका छन् ।


तामाङपेज संवाददाता ।
ललितपुर ।
वाग्मती गाउँपालिका -७ गिम्दीको साहुमारा अति विकट स्थल हो । प्रदेश न.३ को प्रदेश सरकारबाट आ.व.०७५/०७६ को बजेटबाट मोटरबाटो निर्माण गर्न रु.५० लाख विनियोजित गरेको प्रदेश साम्सद चेतनाथ संजेलले जनाएका छन् ।

साम्सद संजेलले ललितपुर जिल्ला क्षेत्र न.१ (ख) प्रदेशका वाग्मती ,कोन्ज्योसोम गाउँपालिका र गोदावरी नगरपालिका भित्र प्रदेशबाट विनियोजित विभिन्न योजनाका कार्यहरु तिब्र रुपमा अगाडि बढेको जनाउनु भएको छ ।

वाग्मती -७ गिम्दीका वडाअध्यक्ष नवराज संजेलले गिम्दिमा संघ,प्रदेश र स्थानीय सरकारबाट परेका योजनाहरु सम्पन्न हुन लागेको जनाएका छन् ।

ललितपुरको अति विकट स्थान ,वाग्मती -७ गिम्दीको साहुमारामा तामाङ जातिको मात्र बसोबास रहेको उक्त स्थानमा प्रदेश सरकारबाट बजेट विनियोजित भै मोटरबाटो निर्माणको अन्तिम चरणमा निर्माण कार्य पुग्दा बाझगाउँ,साहुमाराका तामाङ दाजुभाई तथा दिदिबहिनिहरु खुशी रहेको वाग्मती गाउँपालिकाका युवा नेता एबम व्यवसायी कृष्ण बल तामाङले बताउनु भएको छ ।

युवा नेता एबम व्यवसायी बलले गिम्दिको बाझगाउँ,साहुमारा पुग्ने यो बाटोले चमेरा गुफा पुग्ने भएकोले चमेरा गुफासम्म पुग्ने मोटरबाटोको निर्माणका लागि संघ,प्रदेश र स्थानिय सरकारले मोटरबाटो निर्माणको लागि विशेष बजेट छुट्याउनु पर्ने ,चमेरा गुफासम्म मोटरबाटो पुर्याउन सक्यो भने आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य स्थल चमेरा गुफा बन्न सक्ने र यस भेगका वासिन्दा आर्थिक रुपमा सबल बन्ने बताए ।

 

प्रकाशित: समय: 2:13:01  1289पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार