तामाङपेज संवाददाता।
ललितपुर ।
विश्व वातावरण दिवसको अवसरमा बुधबार गोदावरीमा गोदावरी खोला क्षेत्र साप्ताहिक सरसफाई अभियानले विशेष मानव साङ्लो सरसफाई सम्बन्धि सचेतनाका लागि सम्पन्न गरेको छ ।
साप्ताहिक सरसफाई अभियानको १३ औं अभियान सफलतापुर्वक सम्पन्न गरि विहान १० बजेदेखि ११ बजेसम्म प्रदेश सभा साम्सद लालकुमारी पुन शुशिलाको प्रमुख आतिथ्यमा विशिष्ट व्यक्तित्वहरुको आतिथ्यमा गोदावरी कुण्ड,नहरको पुल,आमाघरको पुल,हाडे गाउँको पुल,शिव मन्दीर,धर्मटार,धर्मटार जोडने पुल गरि १४ स्थानमा विभिन्न स्थानमा सरसफाईका अभियन्ताहरु मन्जु भट्टराई,सुबोध थापा,दीलिप थापा,नारायणी पाण्डे ,तारा खड्का,सिन्धु थापा,सीता केसि,चेतन कार्की,सुनिता थापा,दिलेन्द्र थापा,पिङकी खनाल,राजकुमार केसि,डेबिड,कठायत,डा.निरन्जना थापा,उमा दहालले नेतृत्व लिएका थिए ।
महिला ,बालबालिका,बौद्ध लामा गुरुहरु,विभिन्न संघ संस्थाका प्रतिनिधिहरु ,निर्वाचित जनप्रतिनिधिहरु,सहकारीकर्मीहरु,शिक्षक,शिक्षिकाहरु,विद्यार्थीहरु,स्थानिय वासिन्दाहरु,नेपाल प्रहरी ३५ जना ,शशस्त्र प्रहरी बल प्रहरी जवान २५ जना,खेलाडी,पत्रकार ,व्यवसायीहरु लगायतका गरि प्रत्यक्ष ५ सय जना भन्दा बढी जनमानसको सहभागिता रहेको थियो ।
गोदावरी खोला क्षेत्र सरसफाई,जनचेतनामूलक सन्देशका प्लेकार्ड र ब्यानरबाट सार्वजनिक रूपमा सचेतना सन्देश प्रवाह भएको महानगरीय प्रहरी प्रभाग बाडे गाउँका प्रहरी निरिक्षक श्याम कटुवालले बताए ।