गोदावरीमा विविध कार्यक्रम सम्पन्न


तामाङ संवाददाता ।

ललितपुर ।

 

विश्व वातावरण दिवसको अवसरमा गोदावरीमा विविध कार्यक्रम बुधबार सम्पन्न भएको छ ।

इसिमोड,गोदावरी नगरपालिका,गोदावरी खोला क्षेत्र साप्ताहिक सरसफाई कार्यक्रम अभियान ,दर्जनौ संघ,संस्थाहरुले गोदावरीमा कार्यक्रम गर्दा मानव सागार उर्लेको थियो ।

इसिमोड र गोदावरी नगरपालिकाले गरेको सरसफाई जनचेतनामुलक कार्यक्रममा प्रतिनिधि सभाका साम्सद नवराज सिलवाल ,प्रदेश सभा साम्सद लालकुमारी पुन शुशिला ,गोदावरी नगरपालिका नगर प्रमुख गजेन्द्र महर्जन,गोदावरी -३ वडाअध्यक्ष बालमुकुन्द घिमिरे,गोदावरी -१४ वडाअध्यक्ष जगन्नाथ महर्जन ,जनप्रतिनिधिहरु ,सरोकारवालाहरुको व्यापक सहभागी रहेको कार्यक्रममा विभिन्न बिधामा विजयी विद्यार्थीहरुलाई पुरस्कार तथा समारोहमा आवद्ध संघ- संस्थाहरु,सहयोगी ब्यक्तित्वहरुलाई प्रतिनिधि सभाका साम्सद सिलवालले पुरस्कार तथा प्रमाण पत्र वितरण गर्नु भएको हो ।

गोदावरी खोला क्षेत्र साप्ताहिक सरसफाई अभियानले एक घण्टे सरसफाई सम्बन्धि सचेतना कार्यक्रम अन्तर्गत मानव साङ्लो अभियान समारोह गोदावरी नगरपालिकाको वडा न.१ ,२,३ र १४  वडा ,गोदावरी कुण्ड,नहरको पुल ,आमाघरको पुल,हाडे गाउँको पुल,शिवमन्दीर,धर्मटार पुल,धर्मटार जोडने पुल गरि १४ स्थानमा मानव साङ्लो जोडिएको थियो ।

सो मानव साङ्लो जोडने सचेतनात्मक अभियानमा महिला,बालबालिका ,युवा,विभिन्न तपतहका ब्यक्तित्वहरु,संघ -संस्थाका प्रतिनिधिहरु ,विद्यालयहरुका शिक्षक,शिक्षिका,विद्यार्थीहरु,सेतो तथा रातो गुम्बाका लामा गुरुहरु ,नेपाल प्रहरीका ३५ जना ,शशस्त्र प्रहरी बलका १५ जना ,नेपाल क्यान्सर हस्पिटलका स्वास्थ्यकर्मी टोलि एम्बुलेन्स सहित,सहकारीकर्मीहरु ,गोदावरी खोला क्षेत्र साप्ताहिक सरसफाई अभियानकी अभियन्ता बेबीराज भण्डारी थापा,नायक राज घिमिरे,सुबोध थापा,दीलिप थापा,कलाकार,खेलाडी,पत्रकारहरु गरि सो कार्यक्रम र अन्य विविध स्थानको कार्यक्रमको उपस्थिति सङख्या हेर्दा करिब करिब ६ हजार जनमानसको सहभागिता रहेको महानगरीय प्रहरी प्रभाग बाडे गाउँका प्रहरी निरिक्षक श्याम कटुवालले बताउनु भएको छ ।

अर्को एक गोदावरीमा आयोजित विश्व वातावरण दिवसको अवसरमा आयोजित सभामा राष्ट्रिय सभाका साम्सद कोमल ओलीको समेत उपस्थिति रहेको प्रहरी निरिक्षक कटुवालले जानकारी गराएका छन् ।

गोदावरी क्षेत्रमा विश्व वातावरण दिवसको अवसरमा विविध सभा गरेर भब्य रुपमा विश्व वातावरण दिवस मनाईएको छ ।

 

 

 

 

 

 

प्रकाशित: समय: 17:56:20  545पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार