विश्व वातावरण दिवसको अवसरमा मकवानपुरे समाज काठमाडौको रक्तदान कार्यक्रम सम्पन्न

समाजका अध्यक्ष अरुणकुमार गुरुङले ३९ जना रक्तदाताहरुले रक्तदान गरेको जानकारी दिनु भएको छ ।

तामाङपेज संवाददाता।
काठमाडौ ।

न्युरोडमा विश्व वातावरण दिवसको अवसरमा रक्तदान जीवन दान भन्ने मुल नाराकासाथ बुधबार मकवानपुरे समाज काठमाडौको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रम संयोजक जीवनकुमार बस्नेतकानुसार ३९ जना रक्तदाताहरुले रक्तदान गरेको र रक्तदाताहरुलाई प्रमाण पत्र,सहयोगी संघ- संस्थाहरुलाई मायाको चिनो मकवानपुरे समाज काठमाडौका अध्यक्ष अरुणकुमार गुरुङले प्रदान गर्नु भएको बताएका छन् ।

प्रकाशित: समय: 12:28:17  519पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार