विश्व वातावरण दिवसको अवसरमा एन्जल लर्डको विभिन्न कार्यक्रम सम्पन्न

शिक्षक राजकुमार तामाङले कोटेश्वरस्थित विद्यालयको प्राङ्गणमा सपथ ग्रहण,फुल तथा वृक्षारोपण स्थानिय प्रहरीसङ्ग सहकार्य गरि सरसफाई कार्यक्रम समेत गरेको जनाउनु भएको छ।

तामाङपेज संवाददाता।
काठमाडौ ।
विश्व वातावरण दिवसको अवसरमा कोटेश्वरमा रहेको एन्जल लर्डका शिक्षक,शिक्षिका ,विद्यार्थीहरुले वातावरण जोगाउने सन्दर्भमा विभिन्न प्रचारात्मक पर्चा,प्ले कार्ड ,वातावरण सम्बन्धि सपथ ग्रहण,विद्यालय हाताभित्र फुल तथा वृक्षारोपण ,स्थानिय सामुदायिक प्रहरीसङ्गको सहकार्यमा कोटेश्वर क्षेत्रमा सडक,स्मारक पार्क ,मठ,मन्दिरमा सरसफाई जस्ता कार्यक्रम गरेर मनाईएको छ ।

एन्जल लर्डका शिक्षक एबम चर्चित गायक राजकुमार दोङ तामाङका अनुसार व्यवहारिक र सन्देश फैलाउने उद्धेश्यले विश्व वातावरण दिवसको अवसरमा कोटेश्वर क्षेत्रमा कार्यक्रम गरेको ,विज्ञान तथा वातावरण विभागका दीपकराज सेढाई सो कार्यक्रममा सरोकार वालाहरुको पनि सहभागिता रहेको जानकारी दिएका छन् ।

प्रकाशित: समय: 11:38:39  858पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार