ओखलढुंगा सल्लेरीमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

सल्लेरीमा सयौं स्थानिय नागरिकले स्वास्थ्य सेवा लिएको सिङ्गापुर प्रहरीका पुर्व उच्च अधिकृत एकराज तामाङले बताउनु भएको छ ।

तामाङपेज संवाददाता ।
ओखलढुंगा जिल्ला,सिद्धिचरण नगरपालिका-८ सल्लेरीमा ओखलढुंगा सामुदायिक अस्पतालको आयोजनामा एक दिने नि: शुल्क स्वास्थ्य शिविर बुधबार सम्पन्न भएको छ ।

ओखलढुंगा सल्लेरीका स्थानिय वासिन्दा ,सामाजिक अभियन्ता एबम सिङ्गापुर प्रहरीका पुर्व उच्च अधिकृत एकराज तामाङका अनुसार विभिन्न रोगबारे स्वास्थ्य परिक्षण ,औंषधी वितरण ,स्वास्थ्य परामर्शका सवालमा सयौं स्थानिय नागरिकहरुले सेवा लिएको बताएका छन् ।

ओखलढुंगा सामुदायिक अस्पतालले श्रोतले भने स्वास्थ्य संस्थाबाट टाढा रहेका बस्ती तथा स्वास्थ्य सेवामा पहुँच कम भएका जनसंख्यामा माईक्रोस्कोपी क्याम्प संचालन गरी स्थानिय नागरिकहरुलाई स्वास्थ्य सम्बन्धि निशुल्क सेवा प्रदान गरेको जानकारी दिएको छ ।

प्रकाशित: समय: 10:58:16  838पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार